खेलकुदको जग विद्यालय ःमन्त्री पुन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको जग बनाउने योजना सहित एक विद्यालय एक खेल मैदानको योजना अगाडि बढाएको बताएकी छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम साधारण सभाको उद्घाटन गदै उनले भनिन् ‘खेलकुदको आधारभुमी विद्यालय हुन् त्यसैले विद्यालयमा खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ ।’ उनले प्रदेशको खेलकुदको विकास र खेलाडीहरुको प्रोत्साहन गर्न खेलकुद पत्रकार मञ्च गण्डकी लगायत अन्य संघसस्थासंग समाजिक विकास मन्त्रालय सहकार्य गरेर अगाडि बढन तयार रहेको बताइन् । मन्त्री पुनले प्रदेशको खेलकुदको विकास र खेलाडीको प्रोत्साहनको लागि मञ्च सहितका अन्य संघ संस्थाहरुसंग सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

उनले गण्डकीलाई खेलकुदको राजधानी बनाउने योजना सहित प्रदेश सरकार अगाडी बढेको बताउदै त्यसका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताइन् । उनले गण्डकी प्रदेशमा खेल पर्यटन मार्फत अािर्थक समृद्धिको बाटोमा योजनाबद्ध रुपमा अगाडी बढने बताइन् । खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउदै खेलकुदमा बजेट कम भएको गुनासो गरिन् । संघले दिएको बजेट असाध्यै कम मन्त्री पुनले भनिन्, कम बजेटलाई धेरै मिलाउनु पर्ने अवस्थाले चाहेजस्तो हुन सकेको छैन् । मन्त्रालयको यस बर्षको बजेट २ अर्ब १० करोड रुपैयाँ मात्र रहेको जानकारी दिदै मन्त्री पुनले बजेट प्रदेश सरकारले निर्धारण गरेका कार्यक्रम तथा योजना बाहेक अन्य खर्च गर्न नमिल्ने उल्लेख गरिन् । आफनो मातहत साँढे पाँच वटा मन्त्रालयको जिम्मेवार रहेको बताउदै मन्त्री पुनले आफुहरुले केही राम्रा योजना ल्याए पनि फाइनल गर्ने काम आर्थिक मार्मिला तथा योजना मन्त्रालयले गर्ने बताइन् ।

उनले प्रदेशलाई खेलकुदको माध्यमबाट देश÷विदेशमा चिनाउने योजना अनुसार सम्भावना भएका खेल र खेलाडीको हकहितको लागि सहकार्य गरी अघि बढ्न तयार रहेको बताइन् । प्रदेश सांसद मीना गुरुङले नयाँ युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकषर्ण गर्ने गरी पत्रकारीता क्षेत्रले कलम चलाउनुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले खेलकुद पत्रकार मञ्चले खेलकुद क्षेत्रकै विकासका लागि विभिन्न कार्यक्रम समेत गदै आएकाले प्रदेश सरकारले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए । महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले खेलकुद क्षेत्रमा काम भन्दा खुरापाती धेरै हुने भएकाले खेलकुद पत्रकारीता भित्र त्यस्तो अवस्था आउन नदिन सजग हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको खेल पत्रकारहरुको दक्षता र क्षमता बढाउनु पर्नेमा जोड दिए ।

मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले गण्डकी प्रदेश सरकारको सहयात्रीको रुपमा काम गर्न तयार रहेको बताउदै पाँचौ स्पोटर्स अवार्ड आगामी वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गर्ने तयारी गरिएको बताए । उनले प्रदेशमा संगठन विस्तारको अभियान सञ्चाल गरिने बतउादै आगामी वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा स्थापना गरिने बताए ।