पोखरामा आजदेखि प्याराग्लाईडिङ विश्वकप शुरु, पहिलो दिन केवल प्राक्टिस मात्रै 

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ११ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा प्याराग्लाईडिङको विश्वकप शुरु भएको छ । पहिलो दिन आईतबार पाईटलहरुले प्राक्टिस उडान मात्रै गर्ने छन् । मौसम तथा उडानस्थल र अवतरणको लागि पहिलो दिन पाईलटलाई प्राक्टिस गर्ने छन् । प्याराग्लाईडिङको विश्वकप पहिलो पटक आयोजनामा ८० भन्दा बढी पाईलटले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिस्पर्धामा ११ जना चिनिया पाईलटले भने उडान गर्ने छैनन् । उनीहरु उपस्थितिले प्रतियोगिताको केहीदिन अघि मात्रै विश्वकपमा सहभागिता जनाउन नसक्ने सूचना दिएका थिए । चीनको वुहानमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि पाईलटहरुको सहभागिता कमजोर बनेको हो । चीनले अहिले आफनो नागरिकलाई विदेश भ्रमणको लागि रोक लगाएको छ । त्यसको प्रत्यक्ष असर भने पोखरामा आयोजना भएको प्याराग्लाइडिङ विश्वकपमा देखिएको हो ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको छ । घोषणा गरेसँगै कोरोनाको संक्रमणले प्रत्यक्ष असर पु्रयाएको छ । कोरोनको संक्रमण भयावह देखिदैं गएकोले चीनले आफना नागरिकलाई अन्यत्र पठाउन सकेको छैन् । कोरोनाकै कारण अन्य देशबाट हुने सहभागिताले पनि समस्या हुने देखिएको नेपाली पाईलटहरुले औल्याउँदै आएका छन् । यद्यपी पोखरामा आयोजित प्याराग्लाईडिङ विश्वकपले भने खेलकुदको माध्यमबाट बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास छ ।

पाईलटले एकसातासम्म प्रतिस्पर्धामा रहने छन् । सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा अवतरण गर्ने छन् । नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजना तथा नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङको सहयोगमा आयोजना हुने विश्वकपमा फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता प्राप्त पाईलटले मात्रै सहभागिता जनाउने पाउने छन् । ‘एफएआईको लाइसेन्स प्राप्त पाईलटले विश्वकपमा सहभागिता जनाउने छन् ।’ नेपाल हवाई खेलुकद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले भने–‘अन्य सर्वसाधारण पाईटलले भने सहभागिता जनाउन पाउदैनन् ।’

विश्वकपमा नेपाली १५ जना पाईलटले प्रतिस्पर्धा गर्ने छन् । विश्वकप टुरमा पाईटलले उपाधिसँगै अंक पाउने छन् । प्राप्त अंककै आधारमा एएफएआईले पाईलटको र्याङकिङ गर्ने नेपाल हवाई खेलकुद संस्थाका निर्बतमान अध्यक्ष एवं प्रशिक्षक योगेश भट्टराईले बताए । उनका अनुसार टुरलाई एफएआईले नै प्रत्येक पाईलटको उडान र अवतरणको तथ्यांक राख्ने छ ।‘चिनियाँ पाईलटको सहभागिता रद्द गरिसकेका छन् ।’ उनले भने–‘अरु देशका पाईलट पनि आउन विषयमा केही समस्या छ ।’ पाईलटहरुको नेपाल आगमनको उडान तालिकामा हुने समस्याले समयमै आईपुग्ने सम्भावना कमजोर रहेको उनको भनाई थियो । ‘अनलाईनबाट पाईलटले दर्ता गरेका छन् ।’ उनले भने–‘तर फिजिकल्ली उनीहरु पोखरा आईपुगेका छैनन् ।’

पाईलटहरुले एक्युरेसी र क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्ने छन् । एक्युरेसीमा सबैभन्दा कम अंक जोड्नेले उपाधि जित्ने छन् । क्रसकन्ट्रीमा भने आयोजकले तोकेको टास्क पुरा गर्ने खेलाडीले बढी अंक प्राप्त गर्ने छन् । तीनदिनसम्मको टास्कलाई जोडेर खेलाडीको विजेता घोषणा गरिने छ । file pic