मनाङ मस्र्याङ्दी र झापा ११ पोखराको मैदानमा दोस्रो पटक भेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-चारवर्षपछि पोखराको मैदानमा मनाङ मस्र्याङ्दी र झापा ११ बीच फेरी एकपटक तिब्र प्रतिस्पर्धा हुदैं छ । पाँच पटकको आहा रारा गोल्डकप च्याम्पियनले सेमिफाईनलिष्ट टोली झापा ११ सित १८ औं सस्करणको गोल्डकपमा आमने सामने हुदैं छन् ।

झापा र मनाङ मस्र्याङ्दी बीचको खेल १४ औं सस्करणमा पहिलो पटक भेट भएको थियो । सेमिफाईनलमा प्रतिस्पर्धा गरेका थिए । अहिलेको संस्करणमा भने दोस्रो क्र्वाटरफाईनलमा भेट हुन पुग्यो । चारवर्षको अघि हेरेको भान दर्शकले पाउने छन् । नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ ले चारवर्ष अघि सेमिफाइनल समीकरण पुरा गरेको थियो । मनाङ मस्र्याङ्दीले भने भारतीय गोर्खा ब्रिगेडलाई पराजित गरेको थियो ।

सेमिफाईनल भेटमा बाजी भने मनाङ मस्र्याङ्दीले मार्यो । त्यो पनि फराकिलो गोल अन्तरले । ४–० गोलले पराजित गर्दै मनाङ मस्र्याङ्दीले फाईनल यात्रा तय गरेको थियो । आज हुने प्रतिस्पर्धामा भने झापा ११ ले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाईटरफाईनल यात्रा तय गरेको थियो ।

मनाङ मस्र्याङ्दीमा विगतको सेट टिम भने होईन् । यद्यपी झापा ११ ले दर्शक सामु प्रभावशाली छाप छोड्न भने सकेको छैन् । पोखरेली दर्शक मनाङ मस्र्याङ्दीका फ्यान बढी छन् । झापा ११ आहा रारा गोल्डकपको पहिलो, १३ औं १५ औं र १६ औं संस्करणमा भने क्वाईटरफाईनल भन्दा माथि उक्लिन सकेको छैन् । file pic