थ्रीस्टार र पुलिसको सेमिफाईनल, दुई वर्षअघिको फाईनलको झल्को

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आहा रारा गोल्डकपको १८ औं सस्करणको आज पहिलो सेमिफाईनल खेल । थ्रीस्टार र नेपाल पुलिस बीचको यो सेमिफाईनलले दुई वर्ष अघिको आहाको फाईनलको झल्को दिने छ ।

१६ औं सस्करणमा यी दुवै टोली उपाधिको लागि भिडेका थिए । अहिले पनि फाईनल प्रवेशको लािग दुवैले जितको लागि खेल्ने छन् । जितले उपाधिको संघारमा पुर्याउँछ । हारले टोलीको स्तरलाई देखाउने छ ।

नेपाल पुलिस क्लबले सहारालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । थ्रीस्टारले भने गान्तोक सिटी भारतलाई पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको हो । दुवै उपाधिको लागि लालायित छन् । दुवैले आहाको संस्करण भने उचालिसकेको छन् । थ्रीस्टारले पाँचौ, नवौं, ११औं, १३ औं र १७ औं सस्करणको उपाधि उचालिसकेको छ । नेपाल पुलिस क्लबले पनि पहिलो, छैटौं, सातौं, आठौं, १६ औं सस्करणको उपाधि उचालेको तथ्यांक छ ।

दुई वर्ष अघिको झल्को दिने खेलको नतिजा दर्शकले केही घण्टा अझै कुर्नुपर्ने छ । दुई वर्ष अघि नेपाल पुलिसले थ्रीस्टारलाई पराजित गर्दै उपाधि उचालेको थियो । नेपाल पुलिसमा युवा खेलाडी छन् । थ्रीस्टार पुरानै लयमा छ । नयाँ र अनुभवी खेलाडी बीचको प्रदर्शन दर्शक हेर्न पाउने छन् । विभागीय टोली विरुद्ध उत्रिदा घरेलु दर्शक भने थ्रीस्टारको समर्थनमा रहने सम्भावना हुन्छ । थ्रीस्टार विरुद्धको महत्वपूर्ण खेलमा नेपाल पुलिस क्लबले आफना भरपर्दा र अनुभवी कप्तान भोला सिलवाललाई भने गुमाएका छन् । सहारा क्लबसितको खेलमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि उनले आजको सेमिफाईनल खेल्ने पाउने छैनन् । file pic