विश्व वरीयताको सातौं स्थानमा उक्लिए प्रिन्स

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाली व्याटमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले एकपछि अर्को सफलता प्राप्त गरेका छ । जर्मनी केहीदिन अघि प्रतिस्पर्धामा रहेका प्रिन्सको आज बुधबार प्रकाशित नयाँ बरियता अनुसार उनी विश्व बरियतामा सातौं स्थानमा उक्लिएका हुन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसन बुधबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा उनी तीन स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएका हुन् । यो नै नेपाली खेलाडीले प्राप्त गरेको सबैभन्दा उच्च बरियता हो ।

यसअघि उनी १०औं स्थानमा थिए । प्रिन्सले भर्खरै युरोपमा दुई वटा जुनियर प्रतियोगिता खेलेका थिए । नेदरल्याण्ड्समा भएको डच जुनियर र जर्मनीमा भएको जर्मन जुनियरमा उनी अन्तिम १६ सम्म पुगेका थिए ।पछिल्लो समय विदेशमा विभिन्न जुनियर प्रतियोगिताहरु खेलिरहेका प्रिन्सले २०२० मा वरीयतामा निकै सुधार गरिरहेका छन् । यस वर्ष उनले ६ प्रतियोगिता खेलिसकेका छन् ।

जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् । यस्तै भारतका मेइराबा लुवाङ दोस्रो स्थानमा छन् । एक स्थान सुधार गरेका मलेसियाका कोक जिङ होङ तेस्रोमा छन् भने भारका वरुण कपुर चौथो स्थानमा झरेका छन् । प्रिन्स पोखरामै आयोजित १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता अन्तर्गत टिम इभेण्ट तर्फको प्रतिस्पर्धामा कास्य पदक जितेका थिए ।