आर्मी विरुद्ध मनाङ मस्र्याङ्दीको शुरुवाती अग्रता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) -आहा रारा गोल्डकपको १८ औं सस्करणमा पहिलो सेमिफाईनलमा मनाङ मस्र्याङ्दीले आर्मी विरुद्ध अग्रता लिएको छ । विदेशी खेलाडी फ्लोरेन्टको गोलसँगै खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । शुशिल लामाको कर्नर पासलाई डिफेन्सको हेडिङ क्लियर नभएको बललाई अन्जन विष्टले क्रसपासलाई डिबक्सभित्रबाट फ्लोरेटन्टले जाली चुमाए । कर्नर अघि कप्तान कमल श्रेष्ठले हानेको फ्रिकिकलाई आर्मीले क्लियर गर्दै कर्नरको लागि अवसर दिएका थिए ।

आर्मीले आहा राराको संस्करणको उपाधि उचाल्ने अवसर पाएको छैन् । पटक पटक फाईनलमा पुगेपनि आर्मी उपविजेतामै चित्त बुझाउँदै आएको छ । मनाङ मस्र्याङ्दीले भने पाँच पटक उपाधि उचालिसकेको छ । सहाराको आयोजनामा पोखरा रंगशालामा भईरहेको आहामा यी दुईको भेट भने १४ औं सस्करणमा फाईनलमा भएको थियो । फाईनलमा मनाङले आर्मी विरुद्ध १–० गोलले पराजित गर्दै उपाधि उचालेका थियो । आर्मीले पोखराको मैदानमा पहिलो पटक उपाधि उचाल्ने ध्यान केन्द्रीत गर्ने छ भने मनाङले छैटौं पटक उपाधि उचाल्दै इतिहास लेख्ने योजना छ ।

file pic