आर्मी पराजित, मनाङ मस्र्याङ्दी आहा राराको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाल आर्मीले पोखराको मैदानमा उपाधि उचाल्ने सपना सेमिफाईनलमै टुटेको छ । बिहीबार पोखरा रंगशालामा आयोजित आहा राराको १८ औं सस्करणको दोस्रो सेमिफाईनलमा आर्मीको सपनालाई मनाङ मस्र्याङ्दीले विलय गराई छाड्यो । मनाङ मस्र्याङ्दी क्लब आहा रारा गोल्डकपको संस्करणमा दशौं पटक फाईनल प्रवेश गर्ने क्रममा बिहीबार पोखरा रंगशालामा नेपाल आर्मीको चुनौतिलाई ३–२ गोलले पन्छाएपछि आर्मी यो वर्ष पोखरामा उपाधि विहीन यात्रालाई बिट मार्यो ।

नेपाल आर्मीले पोखराको मैदानमा आहा राराको उपाधि उचाल्ने सपना अर्को वर्षसम्म कुर्नुपर्ने छ । मोफसलको राईनो कप उचालेको आर्मी पोखरामा च्याम्पियन बन्न सधै अभागी हुदैं आएको छ । धरान गोल्डकप उचालेर पोखरा आईपुगेको मनाङ मस्र्याङ्दी टोली फाईनल प्रवेश गर्दै छैटौं उपाधिको लक्ष्यमा छ । अब उपाधिको लागि मनाङ मस्र्याङदीले पुरानै प्रतिस्पर्धी टोली नेपाल पुलिस क्लबसँग शनिबार खेल्ने छ ।

पोखराकै मैदानमा चार वर्ष अघि मनाङ मस्र्याङ्दीसँगै फाईनलमा पराजित आर्मीको उपाधि उचाल्ने सपना पुरा हुनै सकेको छैन् । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक दोस्रो सेमिफाईनलमा मनाङ मस्र्याङ्दीले आर्मीलाई निकै दबावमा राख्यो । चार मिनेटमै पहिलो गोल निकालेपछि मनाङले आर्मीमाथि स्पष्ट अग्रता बनाउँदा आर्मीलाई गोल फर्काउन निकै हतार गरिरह्यो ।

आर्मीको डिफेन्स निकै कमजोर देखियो । एकपछि अर्को मुभ बनाउँदा डिफेन्सले प्रभावशाली प्रदर्शनबाट चुकिरहे । यसको फाईदा भने मनाङले लिनपुग्यो । विदेशी खेलाडी फ्लोरेन्टको गोलसँगै खेलको तेस्रो मिनेटमै मनाङले अग्रता लिएको थियो । शुशिल लामाको कर्नर पासलाई आर्मीका डिफेन्सको हेडिङ क्लियर नभएको बललाई अन्जन विष्टले दिएको क्रसपासलाई डिबक्सभित्रबाट फ्लोरेटन्टले जाली चुमाए । कर्नर अघि कप्तान कमल श्रेष्ठले हानेको फ्रिकिकलाई आर्मीले क्लियर गर्दै कर्नरको लागि अवसर दिएका थिए ।

मनाङले दोस्रो गोलको अवसर भने २८ औं मिनेटमा निकाल्यो । अन्जन विष्टको पासमा विमल रानाले सेकेण्ड बार च्याप्दै गोल गरे । आधा घण्टाभित्रैमा दुई गोलले पछि परेको आर्मीले कमब्याक गर्न निकै सकस गरिरह्यो । पहिलो हाफ हुनु पाँच मिनेट अघि मात्रै गोल फर्काउँदै आर्मीले कमब्याकको सम्भावना देखायो । आर्मीका कप्तान भरत खवासले ‘ ओपन हेड’ गोल गरे । ४० औं मिनेटमा जर्जप्रिन्स कार्कीको लामो क्रस पासलाई नवयुग श्रेष्ठले मिलाईदिएको हेडर पासलाई भरतले हेड गर्दै गोल गरेका थिए ।

आर्मीले आहा राराको संस्करणको उपाधि उचाल्ने अवसर पाएको छैन् । पटक पटक फाईनलमा पुगेपनि आर्मी उपविजेतामै चित्त बुझाउँदै आएको छ । मनाङ मस्र्याङ्दीले भने पाँच पटक उपाधि उचालिसकेको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा भईरहेको आहामा यी दुईको भेट भने १४ औं सस्करणमा फाईनलमा भएको थियो । फाईनलमा मनाङले आर्मी विरुद्ध १–० गोलले पराजित गर्दै उपाधि उचालेका थियो ।

‘हाम्रो आज डिफेन्समा ल्याकिङ देखियो । डिफेन्स व्यालेन्स नहुदाँ गोल खाईयो’ नेपाल आर्मीका प्रशिक्षक नविन न्यौपानले भने–‘पहिलो गोलले प्रेसर थपियो ।’ उनले मिडफिल्डमा सन्तोष तामाङ डिपमा खेल्दा मिडफिल्डमा मेनपावर नपुगको स्पष्ट पारे । ‘उनीहरुको टाईट मार्किङलाई हामीले भत्काउन सकेनौं’ उनले भने–भाईटल गेममा पाएका चान्स गुमाउन हार्नु पर्यो । कमब्याक गर्ने कोशिस गर्यौं । चान्सेस मिस भयो ।’

आर्मी मनाङसँग ए डिभिजन लिगमा समेत हार व्यहोरेको थियो । पहिलो हाफ २–१ ले पछि परेको आर्मी दोस्रो हाफमा फेरी गोल खाँदै फराकिलो अन्तरसँगै जितको सम्भावना बलियो बनायो । ५९ औं मिनेटमा अन्जन विष्टको हेडिङ हातमा पर्यो । त्यो मनाङको लागि निकै महत्वपूर्ण अवसर थियो । अनमार्क बसेर हानेको हेडिङ आर्मीकै गोलकिपरको हातमै परेपछि आर्मीसँगको अन्तर बढ्न भने सकेन् ।

अन्जन विष्टले ८२ औं मिनेटमा गोल गर्दै ३–१को स्थितिमा पुर्याए । विमल रानाको पासमा विष्टले गोल किपरलाई विट गर्दै गोल गरेपछि मनाङको जित लगभग सुनिश्चित हुन पुग्यो । आर्मीले कमब्याक गर्यो । ८३ मिनेटमा आर्मीले गोल फर्काउँदै सेमिफाईनललाई निकै प्रतिस्पर्धात्मक बनाए । टंक बस्नेतको पासमा अनमार्क रहेका दिप लामाको सेकेण्डबार च्याप्दै गोल गरेपछि आर्मीले राहतको अनुभूति गर्यो । यद्यपी बराबरको स्थितिमा ल्याउन आर्मी असक्षम बन्यो । अन्तत पोखराको मैदानमा उपाधि उचालेर फर्किने आशा र अपेक्षा एक वर्षको लागि टर्यो । ‘जितले खुशी दिएको छ । आर्मी हाईली रेष्पेक्ट टिम हो । म्याच निकै टफ भयो ।’ मनाङका प्रशिक्षक टोपे फुजाले भने । म्यान अफ दि म्याच मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी फ्लोरेन्ट घोषित भए ।