मनाङलाई छैटौं पटक आहा ! रारा गोल्डकपको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पेनाल्टी सुटआउटमा नेपाल पुलिस एक पटक अभागी हुदाँ मनाङ मस्र्याङ्दी क्लवले पोखरामा शनिबार सम्पन्न आहा ! रारा गोल्डकपको छैटौ पटक उचाल्दै किर्तिमान बनाएको छ । पुलिससँगै ५ पटक जितेको मनाङ मस्र्याङ्दी क्लवले छैटौं पटक उपाधि उचाल्दै इतिहास लेखाउँदा पुलिसले उपविजेतामा चित्त बुझायो ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लवलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । ५ वर्ष पछि फाइनलमा भेट भएको नेपाल पुलिस क्लबलाई तेस्रो पटक समेत फाइनलमा हराउदै ६ पटकको विजेता बन्दै किर्तिमानी कायम गरेको हो । पुलिस पनि ५ पटकको विजेता हो । २०५८ सालमा भएको क्याराभान गोल्डकपलाई समेत जोड्ने हो भने मनाङ र पुलिस ६–६ पटकको विजेता टिम हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा दुबैतर्फ गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा गोलकिपर अशोक बरालले नेपाल पुलिसका २ वटा पेनाल्टी सुट रोकेपछि मनाङले छैटौं पटक आहा रारको उपािध आफनो लेखायो । बरालले पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार रोक्दै मनाङलाई छैटौंपटक च्याम्पीयन बनाए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले भने गोल गरे ।

बिजयी मनाङका अञ्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रञ्जन विष्टले गोल गरे । मनाङका निशान लिम्वु भने टाइब्रेकरमा गोल गर्न चुके । उनले दाया साइड च्यापेर प्रहार गरेको पेनाल्टी सुट बिपक्षी गोलकिपर रोसन खड्काले डाइभ सेभ गरेका थिए ।

मनाङले आहा गोल्डकपको दोस्रो, तेस्रो,दशौँ, चौधौँ, पन्र्धौ संस्करणको विजेता टिम हो भने पुलिस पहिलो, छैटौँ, सातौँ, आठौँ र १६ औँ संस्करणको विजेता टिम हो । भने क्याराभान गोल्डकपको समेत विजेता हुदाँ मनाङ उपविजेता टिम हो ।बिजेता मनाङले नगद १० लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता पुलिसले भने नगद ५ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

शुरुदेखि नै पुलिसबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको मनाङले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म कुर्नुप¥यो । रक्षापंक्ति बलियो बनाएर बारम्बार आक्रमण बुनेको मनाङले खेलको २० औं मिनेटमै गोल गर्ने अवसर सदूपयोग गर्न सकेन । कप्तान कमल श्रेष्ठको कर्नर किकमा विमल रानाको हेडर बिपक्षी गोलकिपरले रोसन खड्काले पञ्च गरेर क्रसबार माथिबाट बाहिर फाले । ३६ औं मिनेटमा अञ्जन विष्टको क्रसमा पेनाल्टी एरियामा रहेका दयानन्द सिंहको फ्लिक हेडरले दिशा लिन सकेन र फष्र्टबार हुँदै बाहिरियो । ४३ औं मिनेटमा अञ्जन विष्ट गोल गर्न चुके । कप्तान कमल श्रेष्ठको कर्नर किकमा अञ्जनले प्रहार गरेको बाइसाइकल किक फष्र्टबारहुँदै बाहिरियो । ६० औं मिनेटमा विमल रानाले प्रहार गरेको बललाई बिपक्षी डिफेन्डरले क्लियर गर्ने क्रममा फर्केको बललाई अञ्जन विष्टले पुनः प्रहार गर्दा फष्र्टबारहुँदै बाहिरियो । ६८ औं मिनेटमा भिडाल लुइसको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका विमल रानाको वान टच प्रहारलेपनि दिशा लिन सकेन । ७५ औं मिनेटमा कप्तान कमल श्रेष्ठको कर्नर किकमा दयानन्दर सिंहको हेडर क्रसबार माथिबाट बाहिरियो । ८९ औं मिनेटमा अञ्जन विष्टले प्रहार गरेको बल सेकेण्डबारहुँदै बाहिरियो ।

तुलनात्मक रुपमा मनाङ भन्दा केहि कमजोर देखिएको पुलिसले एकाधबाहेक उत्कृष्ट मुभ बनाउन सकेन । यद्वपी उसलेपनि केहि गोल गर्ने अवसर भने खेर फाल्यो । खेलको ४९ औं मिनेटमा निरकुमार राइको प्रहारमा बिपक्षी गोलकिपर अशोक बराल बाधक बने । रवि पासवानको क्रसमा कप्तान भरत साहले निकालिदिएको बललाई निरकुमारले प्रहार गर्दा गोलकिपर बरालले सजिलै नियन्त्रणमा लिए । ७४ औं मिनेटमा तेज तामाङको पासमा बुद्ध बल तामाङले प्रहार गरेको बल सेकेण्डबारहुँदै बाहिरियो । ९३ औं मिनेटमा रवि पासवानको क्रसमा डि–एरियामा अनमार्क रहेका निरकुमार राईले गरेको प्रहार फष्र्टबारहुँदै बाहिरियो ।

प्रतियोगितामा उपबिजेता बनेको नेपाल पुलिस क्लवका अजित भण्डारी सर्बोत्कृष्ट खेलाडी बने । उनले अप्रिला स्कुटर प्राप्त गरे । अन्य सबै उत्कृष्टमा भने बिजेता टिम मनाङमस्र्याङ्दी क्लवका खेलाडीहरु बने । मनाङका नितिन थापा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरमा अशोक बराल, उत्कृष्ट स्ट्राइकरमा अञ्जन विष्ट, उत्कृष्ट डिफेन्डर सुरज विक र उत्कृष्ट प्रशिक्षकमा फुजा टोपे बनेका हुन् । उनीहरुले नगद २५÷२५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सर्बाधिक गोलकर्ता ५ जना बने । नेपाल पुलिस क्लवका भरत शाह, निरकुमार राई, मनाङ मस्र्याङ्दी क्लवका अञ्जन विष्ट, थ्रीस्टारका सुसन श्रेष्ठ र त्रिदेव गुरुङले समान २÷२ गोल गर्दै सर्बाधिक गोलकर्ता बनेका हुन् । सर्बाधिक गोलकर्तालाई नगद २५ हजार भएकाले उनीहरुलाई दामासाहीले ५÷५ हजार प्रदान गरियो ।

बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवाल, प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसी, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, सहारा क्लव पोखराका अध्यक्ष केशबबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

१८ औ आहा रारा गोल्डकप
पुलिसलाई हराउँदै मनाङको आहामा किर्तिमानी उपाधी
विजय नेपाली
पोखरा १ चैत्र । पोखरामा जारी १८ औ संस्करणको आहा रारा कपको उपाधी चुमेसंगै मनाङले किर्तिमानी उपाधी चुम्ने टिममा आफ्नो नाम दर्ता गरेको छ ।
१५ वर्ष पछि फाइनलमा भेट भएको नेपाल पुलिस क्लबलाई तेस्रो पटक समेत फाइनलमा हराउदै ६ पटकको विजेता बन्दै किर्तिमानी कायम गरेको हो । पुलिस पनि ५ पटकको विजेता हो । २०५८ सालमा भएको क्याराभान गोल्डकपलाई समेत जोड्ने हो भने मनाङ र पुलिस ६–६ पटकको विजेता टिम हो ।
शनिवार पोखरा रंगशाला निमार्णधीन फुटबल मैदानमा भएको निकै रोमाञ्चक फाइनल खेलमा पुलिसलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै किर्तिमानी उपाधी चुमेको हो । निर्धा्रित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको हो । भने उपविजेतामा सिमित नेपाल पुलिसको किर्तिमानीमा भने मनाङ बाधक बनेको हो । पुलिसले १५ वर्ष अघि दुई पटकको हारको बदला लिने अवसर गुमायो यति मात्र होइन पुलिस आहा रारामा किर्तिमानी च्याम्पीयन बन्नबाट समेत स्तब्ध भएको छ । आहा गोल्डकपको दोस्रो र तेस्रो संस्करणमा मनाङले पुलिसलाई फाइनलमा हराउँदै उपाधी चुमेको थियो ।
मनाङले जित संगै १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेतामा सिमित पुलिसले ५ लाख १ हजार रुपैयाँ चित्त बुझाएको छ । मनाङको जितमा गोलरक्षक अशोक बराल नायक बने । टाइबे्रकरमा पुगेको खेलमा उनले पुलिसको दुई प्रहारलाई रोक्दै टिमलाई किर्तिमानी विजेता बन्न योगदान पुर्याए । मनाङको जितमा अन्जन विष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन विष्टले गोल गरे भने निशान लिम्बुको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे । पुलिसको तेज तामाङ र अजित भण्डारीको प्रहारले जाली चुम्न नसक्दा हार व्यहोरेको हो । दुबैको पेनाल्टी मनाङका गोलरक्षक अशोक बरालले बचाउ गर्दा पुलिस जितबाट चुकेको हो । पुलिसको लागी भोला शिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गरे ।

मनाङले आहा गोल्डकपको दोस्रो, तेस्रो,दशौँ, चौधौँ, पन्र्धौ संस्करणको विजेता टिम हो भने पुलिस पहिलो, छैटौँ, सातौँ, आठौँ र १६ औँ संस्करणको विजेता टिम हो । भने क्याराभान गोल्डकपको समेत विजेता हुदाँ मनाङ उपविजेता टिम हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका अजित भण्डारी घोषित हुदैँ अप्रिला स्कुटर प्राप्त गरे ।प्रतियोगिताको उत्कृट गोलरक्षक मनाङका गोलरक्षक अशोक बराल , उत्कृष्ट डिफेन्डर सुरज विक ,उत्कृष्ट मिडफिल्ड मनाङका नितिन थापा,
उत्कृष्ट फरवार्ड मनाङका अन्जन विष्ट , उत्कृष्ट प्रशिक्षक मनाङकै फुजा टोपे घोषित हुदै नगद १५–१५ हजार रुपैयाँ प्राप्त गरे ।
उच्च गोलकर्ता थ्री स्टारका सुशान श्रेष्ठ, सहाराका त्रीदेव गुरुङ, मनाङका अन्जन विष्ट, पुलिसका भरत शाह र निरकुमार राइ घोषित हुदै नगद ५–५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम भने रुस्लान थ्रिस्टार घोषित भयो । खेलको म्यान अफ दी म्याच मनाङका गोलरक्षक अशोक बराल घोषित भए ।