महानगरको योजना सबै वडामा व्यायामशाला

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-स्वास्थ्य नागरिकको अभियान चलाएको पोखरा महानगरपालिकाले पोखराको ३३ वटै वडामा पार्कसहितको व्याायामशाला निर्माणको अभियानमा छ । गतवर्षदेखि निर्माण शुरु गरेको महानगरपालिकाले आधा वडामा पार्कसहितको व्यायामशाला निर्माण गरिसकेको छ । केहीमा निर्माणाधिन अवस्थामा छन् । महानगरपालिकाले आवश्कता र माग भए अनुसार प्रत्येक वडाका खुल्ला पार्कयुक्त ठाँउमा व्यायामशाला निर्माण गर्ने योजना एवं लक्ष्य छ ।

महानगरकै केही ठाँउमा पार्कसहितको फराकिलो क्षेत्रफलमा व्यायामशाला निर्माण गरिएको छ । केही सेमिपार्कयुक्त व्यायामशाला छन् । कुनै ठाँउमा भने केवल व्यायामशालाको सामान मात्रै जडान गरेर व्यायाम पार्क बनाइएको छ । महानगरपालिकाले दश ठाँउमा व्यायामशाला निर्माण गरिसकेको छ । अर्ध पार्कसहित खुल्ला व्यायाम शाला छन् । पाँच ठाँउमा व्यायामशाला निर्माणको चरणमा छ । खुल्ला व्यायाम पार्क अन्तर्गत महानगरपालिकाले पोखरा–१८ सराङकोटस्थित शहीद पार्कमा ५० लाखको लागतमा पार्कसहित व्यायाम शाला बनाइएको छ । पोखरा–२९ भण्डारढीक खेल मैदानमा पनि पार्कसहितको व्यायामशाला बनाईसकिएको छ । पोखरा–३० स्थित जनता पार्कमा खुल्ला व्यायाम पार्क निर्माणको प्रक्रियामा रहेको छ ।

महानगरपालिकाले सेमि पार्कसहित व्यायाम शाला झण्डै दशवटा निर्माण गरिसकेको छ । महानगरपालिकाले व्यायामका सामानसहित सेमिपार्कमा व्यायामशाला निर्माण भने पोखरा–५ स्थित बाराही खेल मैदानमा निर्माण गरिएको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । उनका अनुसार त्यसलगत्रै पोखरा–२५ हेमजामा व्यायामशाला निर्माण गरिएको थियो । पोखरा–५ मालेमाटन, वालउद्यान राष्ट्रिय विभूति तथा शहीद पार्कमा निर्माण गरिएको छ । पोखरा–३० विकल्प ग्रिक पार्कमा निर्माणाधिन अवस्थामा छ । व्यायामशाला पार्क अन्तर्गत केवल सामानमात्रै जडान गरिएको पार्क भने ९ ठाँउमा स्थापित गरिएको छ ।

महानगरपालिकाले पोखरा–५ स्थित तालबाराही स्कुल परिसरको पार्कमा व्यायामशालाका सामान मात्रै जडान गरिएको छ । त्यस्तै पोखरा–१४ छिनेडाडाँस्थित मनोहर पार्कमा पनि सामानयुक्त पार्क बनाइएको छ । पोखरा–१४ चाउथेमा निर्माणाधिन अवस्थामा छ । पोखरा–१५ कोलपाटनमा पनि व्यायामका सामान राखेर पार्क तयार गरसकिएको छ । पोखरा २६ मा निर्माण गरिएको उनले बताए । पोखरा–३३ भरतपोखरीमा निर्माणाधिन अवस्थामा छ । पोखरा–१२ सत्य हरिश्चन्द्र पार्कमा व्यायामशाला पार्क बनाइएको छ ।

पोखरा–१० रामबजारमा निर्माणाधिन अवस्थामा छ । ‘खुल्ला व्यायाम पार्कमा सामानसहित व्यवस्थित पार्क नै निर्माण गरिएको छ । जहाँ शौचालयसहित व्यवस्थित छन’ स्वकीय सचिव तिमिल्सिनाले भने–‘सेमिपार्कमा सामानसहित थोरै क्षेत्रफलको पार्क बनेको छ । जहाँ सर्वसाधारण व्यायाम गरेर आराम गर्न सक्छन् ।’ उनका अनुसार खुल्ला व्यायामशाला पार्कमा भने केवल व्यायामका सामान मात्रै राखिएको छ । सर्वसाधारणले मर्निङ वाक गर्दा आफनो अनुकुलमा पार्क छिरेर व्यायाम गरेर निस्कन सक्ने छन् ।

पार्कको व्यवस्थापनको जिम्मेवारी स्थानीयलाई जिम्मेवारी दिइएको छ । खुल्ला व्यायाम पार्कको लागि महानगरपालिकाले ५० लाख रुपैयाँ खर्च गरेको छ । सेमि व्यायामशाला पार्कमा भने केही कम लगानी गरेको छ । अर्को व्यायामशाला पार्कमा भने ९ प्रकृतिका व्यायामका सामान मात्रै जडान गरिएको उनले बताए । उनका अनुसार व्यायामशालाका पार्कहरुमा बच्चाहरुको लागि ढ्याङकुशी, लेग टे«नर, मन्की वार, चिल्डे«न प्लेसेट, तौल लिफ्ट, हिप ट्विाष्टर, अभ्यास बाईक, लो टे«नर, टे«डमिल, लेट पुलडाउन, एब्डोमिनल टे«नर र क्रस टे«नर जस्ता सामान जडान गरिएको छ । ती सामानको मूल्य डेढलाख देखि तीन लाख रुपैयाँसम्म पर्ने महानगरपालिकाले जनाएको छ । स्वास्थ्य नै धन हो । स्वास्थ्य विना समृद्धिको परिकल्पना समेत गर्न सकिदैन् । स्वास्थ्यको लागि व्यायाम अनिवार्य छ । त्यसैले पनि महानगरपालिकाले स्वास्थ्य नागरिक अभियान अन्तर्गत महानगरपालिकाका सबै वडामा खुल्ला व्यायामशाला बनाउने नीति लिएको छ । file pic