बार्सिलोना फर्किन नेयमारको थम्ब्स अप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-किर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन(पिएसज) पुगेको ब्राजिलियन स्टार खेलाडी नेयमार फेरी नोउ क्याम्प फर्किनेमा सकारात्मक देखिएका छन् । रर्पोटका अनुसार बिार्सिलोना फर्किने विषयमा उनले पनि थम्ब्स गर्दै व्याक टु बार्सिलोना हुने सम्भावना निकै बढेको छ ।

तीन वर्षअघि उनी बार्सिलोनाबाट २२२ मिलियन डलरमा उनी पिएसजी पुगेका थिए । पिएसजीमा उनको सिजन खासै प्रभावकारी देखिएको छैन् । लामो समय चोट ग्रस्त रहदै बेन्चमा बसेर सिजन टुग्याएका थिए । उनीसँगै किलियन एमबाप्पेको सहकार्य भने निकै उत्कृष्ट छ ।

बार्सिलोना फर्काउन लियोनेल मेस्सीले कुराकानी गरिरहेका थिए । उनलाई रियल मड्रिडले पनि भित्रयाउने चासो देखाईरहेको थियो । रोनाल्डो युभेण्ट्स प्रस्थान गरेपछि रियलले नेयमार भित्र्याउने चाहना राखेको थियो ।

यतिबेला विश्व फुटबल जगत कोरोना भाईरसको संक्रमणमा छ । केही खेलाडी भाईरसबाट संक्रमित भएको छन् । भाईरसकै कारण खेलाडीको पारिश्रमिक समेत घटाउने तर्फ क्लबहरु उद्दत रहेका छन् । बार्सिलोनाले नेयमारलाई फर्काउन २०० मिलियन डलरसम्म खर्च गर्न सक्ने तर्फ समेत संकेत गरिएको छ ।

नेयमारलाई भित्रयाउन बार्सिलोनाले जुनसुकै उपाय पनि अबलम्बन गर्ने संकेत गरेको छ । इभान रकिटिकी र फिलिप कौन्टिहोलाई समेत आदानप्रदान गर्ने समेत उल्लेख छ । नेयमार सिजन २०२० र २०२१ को लागि बार्सिलोनाबाट खेल्ने सम्भावना भने प्रवल छ ।