कोरोना भाईरस विरुद्धको अभियानमा लेवान्डोस्कीले दिए १ मिलियन युरो सहयोग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ९ गते २०७६ मा प्रकाशित


एजेन्सी- बार्यन म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले कोरोना भाईरस विरुद्धको अभियानको लागि १ मिलियन युरो सहयोग गरेको छन् । पोल्याण्डका एट्याकर लेवान्डोस्कीले कोरोना भाईरसले युरोपियन मुलुक संकटग्रस्त बन्दै गएको अवस्थामा उक्त रकम सहयोग गरेका हुन् ।

उनले गत शुक्रबार बार्यन म्युनिखका अन्य टिम मेट्ससँग सहकार्य गर्दै वि किक कोरोना क्याम्पेन शुरु गरेका छन् । क्याम्पेनमा उनका सहकर्मी लियोन गोरेट्ज्का र जोसुवा किममिचले साथ दिएका छन् । अभियानमा जर्मनका यी दुई टिममेट्सले ५ लाख युरो सहयोग गरेका छन् ।

आज हामी सबै एकै टिमबाट खेल्छौै । यो लडाईमा अझ बलियो हुनुपर्छ । लेवान्डोस्की र उनकी श्रीमतीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ-एक मिलियन युरो योगदानको घोषणा गरेको इसपिएन स्पोर्टसले जनाएको छ ।

यो सहयोग रकम स्थानीय फुड बैंक, अस्पतालमा आवश्यक मेडिकल सामाग्री, रक्त सञ्चार र घारबार विहीन सर्वसाधारणको लागि खर्च हुने छ । अहिले जर्मनीमा कोरोना भाईरसले निम्त्याएको अभावलाई पूर्ति गर्न तत्काल आवश्यक सहयोग गर्नुपर्ने खाँचो रहेको उनले बताएका छन् ।

केही अन्य जर्मनी इन्टरनेशनल तथा बुण्डेसा लिगा खैलने खेलाडीहरु लियोरे साने, माट्स हम्मिल्स, जुलियन डरक्जर, जोनास हेक्टर, बेनेडिक्ट हावईडेस र सेबासटियन रोडेले क्याम्पेनमा जोडिदैै एक दशलमव ६१ मिलियन युरो सहयोग गरेका छन् ।जर्मनमा २१८२८ जना कोरोना भाईरसबाट संक्रमित भएका छन् । र्जमनमा कोरोना भाइरसबाट ७५ जनाको मृत्यु भईसकेको छ ।