युभेण्ट्सले सिरी एको उपाधि नस्वीकार्ने एफए प्रमुखको दावी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- कोरोना भाईरसको संक्रमणले विश्व खेलकुद जगत प्रताडित भएको छ । सबै खाले फुटबल प्रतियोगिता स्थगितसँगै एक वर्ष पछि धकेलिएको छ ।

प्रिमियर लिगमा लिभरपुल ३० वर्षपछि उपाधि निकट छ । यद्यदी दुई खेल जित्नुपर्ने अवस्थामा छ । तर खेलको टुंगो छैन् । स्पेनिस ला लिग र बुण्डेसा लिगाको अवस्थामा उस्तै छ । यता इटालियन सिरी ए को पनि उपाधि छिनेफानोको सम्भावना छैन् । लिगको शीर्षस्थानमा रहेको टिमलाई उपाधिको हकदार मानिएपनि पुरै खेल सम्भव नहुदाँ त्यसको निर्णय गर्न कठिनाई भएको छ ।

इटालियन फुटबल महासंघका (एफआईजिसी)का अध्यक्ष गाव्रियल ग्राभिनाले युभेण्ट्स कोरोना भाईरस महामारीको कारण सिरी एको उपाधि लिन स्वीकार नगर्ने दावी गरेका छन् । सिजन टुंगिन अझै १२ खेल बाँँकी छन् । युभेण्ट्स इन्टरमिलान भन्दा ९ अंक अगाडि छ भने लाजियो भन्दा एक अंकले मात्रै शीर्ष स्थानमा छ ।

इटाली तीन हप्तादेखि लकडाउनमा छ । सिरी ए सहित विश्वभरको फुटबल प्रतियोगिता रोकिएको छ । कहिले शुरु हुने ंस्पष्ट संकेत छैन् । उनले एक रेडियोसँग भने शीर्ष प्राथमिकमतामा सिजना पुरा गर्दै छ । मे २० वा जूनको शुरुवात गरी जुलाईमा अन्त्य गरिने योजना छ । अगष्ट र सेप्टेम्बरको समेत गर्न सकिने बताईरहेका छन् । यद्यपी अर्को सिजनको लागि अहिले नै सम्झैता गर्ने जोखिम लिन्न । उनको भनाई अनुसार सिजन अन्त्य गर्न जटिल हुन्छ । यो गम्भीर अन्याय हुने छ । file pic