प्रिमियर लिगमा उत्कृष्ट ट्रान्सफर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २१ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सन १९९२ देखि सन २०२० सम्म आईपुग्दा प्रिमियर लिगले २८ सिजन पुरा गरेको छ । त्यो २८ वर्षे इतिहासमा क्लब ट्रान्सफर हुने खेलाडीको संख्या पनि अधिक छ । जुन सबै सिजनको लागि उत्तिकै सफल स्थानान्तरण भएको उल्लेख गरिएको छ । सिजनमा भएका स्थानान्तरणलाई पहिलो चरणमा ५१ देखि १०० सम्म उल्लेख गरिएको छ । त्यसमध्ये केही खेलाडीको मात्रै ट्रान्सफरलाई उल्लेख गरिएको छ ।प्रिमियर लिगको इतिहासमा सब भन्दा राम्रो हस्ताक्षर भएको खेलाडी को हो । आधुनिक फुटबलको शुरुवातसँगै १९९२ मा लिगका क्लबहरूले ,४२०० भन्दा बढी खेलाडीहरूलाई स्थायी सम्झौतामा हस्ताक्षर गरेर आफनोमा भित्र्याएका थिए ।

रोमेलु लुकाकु
सन २०१४ मा एभरटनबाट चेल्सीमा आएका थिए रोमेलु लुकाकु । चेल्सीबाट उनी म्यानचेष्टर युनाईटेड हुदैं इन्टर मिलानमा पुगिसकेका छन् । सन २०१४ मा उनलाई एभरटनले चेल्सीको लागि ३१.८ मिलियन पाण्डमा भित्र्याएको थियो । चेल्सीबाट उनी युनाईटेड भने ७६.२ मिलियन पाउण्डमा सन २०१७ मा भित्रिए । एभरटनमा रहदाँ लुकाकुले ११० खेलमा ५३ गोल गरेका थिए ।

फर्नाण्डो टोरेस
एथलेटिको मड्रिडबाट रेड अर्थात लिभरपुलमा भित्रिएका हुन स्पेनिस प्लेयर फर्नाण्डो टोरेस । लिभरपुलबाट उनले १०२ लिग खेल खेल्दै ६५ गोल गरेका थिए । उनलाई मड्रिडबाट लिभरपुलमा आउन ३४.२ मिलियन पाउण्ड खर्चिएको थियो । सन २०११ मा टोरेसले लिभरपुल छाड्दै ब्लु अर्थात चेल्सीमा आईपुगे । लिभरपुलमा रहदाँ निकै लयमा रहेका उनलाई चेल्सीले भित्र्याउन ५२.६ मिलियन पाण्ड खर्चिएको थियो ।

एन गोलो कान्टे
प्रिमियर लिगमा लिसेष्टर सिटीबाट डेब्यु गरेका कान्टे पछिल्लो समय निकै लयमा रहको खेलाडी हुन् । कान्टे लिसेष्टरबाट चेल्सीमा ट्रान्सफर भएका हुन् । सन २०१६ मा चेल्सी आउन उनलाई ३२.२ मिलियन पाण्ड खर्चिएको थियो । उनी मिडफिल्डमा सबैभन्दा उपयुक्त खेलाडीको रुपमा हेरिने गरिएको छ ।

रोबर्टो फिरमिनो
ब्राजिलियन खेलाडी फिरमिनो सन २०१५ मा लिभरपुल आईपुगेका हुन् । उनी आवद्ध लिभरपुल अहिले प्रिमियर लिगको उपाधि निकट छ । यद्यपी सिजन अन्त्य हुने सम्भावना उत्तिकै छ । सन २०१५मा लिभरपुलले क्लबमा भित्र्याउन होफिमह्यामलाई ३६.९ मिलियन पाण्ड बुझाएको थियो ।

पियरे एमरिक अवुबायांग
पियरे अहिले आर्सनलमा रहेर प्रिमियर लिग खेलिरहेका छन् । यद्यपी उनको पनि ट्रान्सफरको चर्चा चलेको छ । सन २०१८ मा उनी बोरुसिया डटर्मण्डबाट आर्सनल आउन ५७.३ मिलियन पाण्ड खर्चिएको थियो । ३० वर्षिया पियरेले आर्सनलमा ७५ खेल खेल्दै ४९ गोल गरेका छन् ।

डिमिट्रि पायट
मिडफिल्ड पायट वेष्टह्याममा खेल्दै आएका खेलाडी हुन् । उनी मार्सेलीबाट सन २०१५ मा बेष्टह्याम भित्रिएका हुन् । वेष्टह्याममा ल्याउन उनलाई १३.५ मिलियन पाण्ड खर्चिनु परेको थियो । फ्रन्सको अन्तराष्ट्रिय खेलमा उनले ८ गोल गरेका छन् । ११८ खेलमा उनी एन्कलमा समस्या हुदाँ ८ खेल गुमाउन पुगेका थिए ।

क्रिष्टियन एरिकसन
सन २०१३ मा एजेक्सबाट टोटनह्याम आएका हुन् । नर्थ लण्डने क्लबमा रहदाँ उनी सात सिजन विताइ सकेका छन् । सात सिजन विताउने क्रममा उनी दुई पटक क्लब प्लेयर अफ दि ईयरबाट पुरस्कृत भईसकेका छन् । एजेक्सबाट टोटनह्याम आउन उनलाई क्लबले १२.७ मिलियन खर्चिएको थियो ।

रोबिन भान पर्सी
उत्कृष्ठ स्ट्राईकरको रुपमा आफनो छवि देखाएका नेदरल्याण्डी खेलाडी भान पर्सी आर्सनलबाट म्यानचेष्टर युनाईटेडमा ट्रान्सफर भएका हुन् । सन २०१२ मा उनी आर्सनलबाट युनाईटेड आएका थिए । युनाईटेडले उनलाई भित्र्याउन २७.६ मिलियन खर्चिएको थियो । युनाईटेडमा उनको रिदम भने खासै प्रभावकारी रुपमा देखिएन् । युनाईटेडमा रहँदा उनले प्रिमियर लिगको उपाधि जितेका थिए । उनले २६ गोल गर्दै दोस्रो पटक प्रिमियर लिगमा गोल्डेन बुट प्राप्त गरेका थिए ।

डिवेट योर्के
सन १९९८ मा म्यानचेष्टर युनाईटेडले तत्कालिन समयमा निकै राम्रो रकममा ट्रान्सफर गरेको हो । एष्टन भिल्लाबाट उनी युनाईटेड आउँदा १७. ३ मिलियन पाण्ड खर्चिएको थियो । प्रिमियर लिगमा योर्केले ८६ खेलमा ४७ गोल गरेका थिए । सन २००२ मा उनी युनाईटेडबाट ब्ल्याकबर्नमा ट्रान्सफर भएका थिए ।

ह्यारी मागुईरे
सन २०१७ मा लिसेष्टर सिटी आईपुगेका ह्यारी मागुईरे हल सिटीमा भित्रिएका थिए । इग्ल्याण्डका सेन्टरब्याक डिफेन्स मागुईरेलाई लिसेष्टरले १२.३ मिलियन खर्चिएको थियो । पछि उनी सर्वाधिक मूल्यमा म्यानचेष्टर युनाईटेड भित्रिन पुगे । युनाईटेडले २७ वर्षिय उनको लागि किर्तिमानी मूल्य ७८.३ मिलियन पाउण्ड खर्चिएको थियो ।

भर्जिल भान डिक
सेल्टिकमा सन २०१५मा भर्जिल भान डिक साउथह्याटन भित्रिएका हन् । त्यतिबेला १४.१ मिलियनमा साउथह्यामटन आईपुगेका डिफेण्डर डिक पछिल्लो समय लिभरपुलमा आवद्ध छन् । जब्बर डिफेन्सको रुपमा रहेको उनी लिभरपुल आउन ७६.२ मिलियन भित्रिएका थिए । उनी पनि लिभरपुलले क्लब रेकर्ड मूल्यमा भित्र्याएको थियो ।

कार्लोस टेभेज
अजेन्टियन खेलाडी कार्लोस टेभेज २००९ मा म्यानचेष्टर युनाईटेडमा सिटीमा आएका हुन् । उनले पहिलो दुई सिजनमा सिटीका लािग ४३ गोल गरेका थिए । उनी अहिले बोका जुनियर्समा आवद्ध छन् ।

डिमिटर बेर्वाटोभ
बुल्गेरियन अन्तराष्ट्रिय खेलाडी डिमिटर सन २००६ मा वायरलेभरकुशनबाट टोटनह्याम हट्सपरमा आएका हुन् । कर्नरको १८ याडबाट हानेको भली फ्रिकिक गोल उनको सबैभन्दा उत्कृष्ट गोल थियो । उनी टोटनह्यामबाट म्यानचेष्टर युनाईटेड मुभ भईसकेका छन् । युनाईटेडले उनलाई भित्रयाउने ३४.२ मिलियन खर्चिएको थियो । युनाईटेडमा उनले दुई सिजनमा २७ गोल गरेका छन् ।

जोर्डन हेण्डरसन
सन २०११ मा हेण्डरसन लिभरपुल आईपुगेका हुन् । उनी प्लेयर अफ दि ईयरबाट समेत सम्मानित भईसकेका छन् । सन्डरल्याण्डबाट उनी १६.२ मिलियनमा भित्रिएका हुन् । उनी क्लबबाट कुनै पनि पोजिसनमा रहेर खेल्ने गर्थे । यद्यपी उनी मिडफिल्डका भरपर्दा खेलाडी हुन् ।

डेविड डी जिया
डेविन पनि २०११ मा म्यानचेष्टर युनाईटेडमा आएका हुन् । एथलेटिको मड्रिडबाट २२.५ मिलियन पाउण्डमा भित्रिएका थिए । उनी चार पटक प्लयेर अफ सिजन हुने उनी एक्ला खेलाडी समेत हुन् । क्लबप्रति केही असन्तुष्टी रहँदै २९ वर्षिय डेविडले युनाईटेड छाडेका छन् ।