प्रिमियर लिगका क्लबले ३० प्रतिशत पारिश्रमिक कटौती

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कोरोना भाईरसले प्रिमियर लिग लगायतका अन्य यो सिजनका लिगहरु स्थगित भईसकेको छ । खेलकुदका महत्वपूर्ण गतिविधिहरु एक वर्षको लागि पर सारिएको छ । लिग भने यही अप्रिलदेखि मे, जूनमा शुरु गर्ने योजना छ ।

भाईरसले क्लबहरु आर्थिक संकटमा पर्ने सम्भावना बढ्दै गएको छ । क्लबहरुले आफना खेलाडीको पारिश्रमिक कटौती गरिसकेको छ । जर्मन, स्पेन लगायतका देशका क्लबहरुले अधिकतम ७० प्रतिशतसम्म खेलाडीको पारिश्रमिक कटौती गरिएको छ । प्रिमियर लिगका क्लबहरुले पनि यो सिजनमा खेलाडीको ३० प्रतिशतक पारिश्रमिक कटौती गर्ने जनाएको छ । लिगमा आवद्ध क्लबहरुले तलब नकाट्ने बताईरहेपनि अन्तत तलब ३० प्रतिशतले कटाइने निर्णय गरिएको छ ।

प्रिमियर लिग क्लबहरू प्रोफेशनल फुटबलर एसोसिएशन ९पीएफए० सँग शुक्रबार खेलाडीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै जानकारी गराएको थियो । शुक्रबार एक भिडियो सम्मेलन पछि ईएफएलले १२५ मिलियन पाउण्ड र नेशनल लिगमा क्लब ले २० मिलियन पाउण्ड राष्ट्रिय स्वास्थ्य सेवाको लागि अनुदान दिएका छन् ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले प्रिमियर लिगका खेलाडीहरूले कोरोनाभाइरस महामारीको बेला आफनो तलब कटौती गरेर सहयोग गनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । लिग मेको शुरुमा प्रतिस्पर्धाको फिक्स्चर पुन शुरु गर्ने योजना छ यद्यदी महामारीको बेला सुरक्षित हुनपर्छ र पछि लिग सञ्चालन गर्न सकिने छ ।

ीभडियो कन्फ्रेन्समा लिगका २० क्लबका प्रमुख कार्यकारीहरु सहभागि थिए । गत महिनादेखि फुटबल सटडाउन भएको थियो । फुटबल सटडाउनसँगै वित्तियसँगै संकटको चुनौति थपिएको छ । लिगको बयानमा भनिएको छ–‘खेलाडीहरु, प्रशिक्षकहरु, प्रबन्धकहरु, क्लब स्टाफ तथा समर्थकलाई जोड दिदैं सबैभन्दा पहिला देश र हाम्रो समुदायको स्वास्थ्य र भलाईलाई प्राथमिकता दिइएको छ ।’