अर्का फुटबलरको पनि कोरोनाबाट निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- पोखराले फेरी अर्को फुटबल खेलाडीलाई बेलायतमा गुमाउन पुगेको छ । १२ दिनदेखि अस्पतालमा उपचाररत लक्षिनबहादुर गुरुंगको कोरोनाले ज्यान लिएको हो । एक साता नवित्दै दुई खेलाडीको निधनले पोखरेली फुटबल क्षेत्र फेरी एकपटक स्तब्ध बन्न पुगेको छ । यसअघि पोखराकै पुराना खेलाडी मेखबहादुर गुरुगंको निधन भएको थियो ।

घान्द्रुक घर भई पोखरा १६ दिपमा बस्दै आएका लक्षिन ६५ वर्षको उमेरमा निधन भएको हो । बेलायतस्थित रिडिंगमा बस्दै आएका उनी ए डिभिजन क्लब संकटाबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले गण्डकी अञ्चलबाट विभिन्न शहरमा आयोजना हुने प्रतिष्ठित फुटबल प्रतियोगिता समेत सहभागि भएका थिए । नर ट्रफीमा समेत गण्डकी अञ्चलबाट खेल्ने खेलाडीको रुपमा परिचित थिए । उनी विशेष गरी मिडफिल्डका राम्रा खेलाडी समेत हुन् ।

तस्बिर मिलन तमुको फेसबुकबाट