नवौं राष्ट्रिय खेलकुद–२०७७, स्वीमिङ पुल टेण्डरमा ढिलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ७ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नयाँ वर्ष शुरु भएको छ । कोभिड–१९ महामारी छ । सबै ठप्प छन् । त्यसबाट खेलकुद क्षेत्र पनि अछुतो छैन् । नयाँ वर्षको शुरुवातसँगै पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगिन्ती शुरु भएको छ । समयमै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने चुनौति छ । अर्कोतिर कोभिड–१९ को संक्रमणले अस्तव्यस्त छ ।

पूर्वाधार तयार भईसकेको छैन् । पूर्वाधार नै तयार नहुदाँ अर्को जटिलता थपिने गुनासो एकातिर छ । निर्माणाधिन फुटबल मैदानसहितको पूर्वाधार तयार बन्न अझै समय लाग्ने छ । समय ११ महिना छ । आगामी फागुन २०–२७ गते आयोजना गर्ने निर्णयसँगै नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा गण्डकी प्रदेशले झण्डा बोकेर जिम्मेवारी पुरा गर्ने दायित्व लिएर आएको थियो ।

स्वीमिङ र सुटिङ रेन्ज बनाउनुपर्ने अवस्था छ । टेण्डरको लागि अन्तिम तयारी छ । यद्यपी महामारीकै कारण लकडाउनले सबै ठप्प छन् । सार्वजनिक सूचना निकाल्ने मात्रै अन्तिम तयारीमा छ । सबै डिजाईन राष्ट्रिय खेलकुद परिषदले तयार बनाईसकेको छ । केही महिना घर्किए समयमा आयोजना गर्न चूनौति अभैm कडाई बन्ने छ । बजेट छुट्टिएर रहेको अवस्थामा समेत परिषदले निर्णय ढिलो गर्दा प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

‘प्रकृति, परिस्थिति र समय अनुसार बैशाख महिनासम्म महामारी नियन्त्रणको छनकदेखि हामीले तोकिएकै समयमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नलाई सकस हुदैन् ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘स्वीमिङ र सुटिङको लागि टेण्डर प्रक्रिया सबै तय छन् केवल सूचना मात्रै प्रकाशित गर्न बाँकी छ ।’

गण्डकी प्रदेशका सबै जिल्लामा खेलहरु सञ्चालन गर्ने एकखाले निर्णय छ । खेल सञ्चालन गर्न जिल्लाहरुमा आवश्यक पूर्वाधार तयार छन कि छैनन् त्यो भने अनुगमन गर्नुपर्ने खाँचो छ । पोखरामै आयोजना गरिने हक्कीको लागि आवश्यक मैदान नै छैन् । त्यो पनि सोचनिय विषय बनेको छ । गत फागुन १७–२१ गते राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना गर्दा पोखरा रंगशाला भित्रैको आर्चरी मैदानलाई उपयोग गरिएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा भने आर्चरी नै सञ्चालन हुदाँ हक्कीलाई मैदानको अभाव देखिने छ । त्यस तर्फ पनि ध्यान दिन गण्डकी प्रदेश खेलकुद परिषदको आवश्यकता छ ।

‘३७ वर्षपछि पोखरामा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित बनाउने दायित्व र जिम्मेवारी गण्डकी प्रदेशबासीकै हो’ कार्यालय प्रमुख बरालले भने–‘पहिला महामारी नियन्त्रण गर्नुपछै । खेलाडी र खेलकर्मीको स्वास्थ्यप्रति सचेत बन्न जरुरी छ ।’ त्यही भएर नै पोखरा रंगशालामा अहिले कुनैपनि खेलकुद गतिविधि सञ्चालनमा रोक लगाईएको छ ।

भईरहेको पूर्वाधारको मर्मत सम्भार एवं स्तरोन्नति गर्नुपर्ने र नयाँ संरचना निर्माणलाई ढिलाई गर्न नहुने स्थिति छ । ‘समय छँदै पूर्वाधारको काम सक्नुपर्छ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘समय घर्र्किएपछि हतारिएर गर्दा केवल बजेट सक्ने मेसो मात्रै हुन सक्छ ।’ उनका अनुसार गुणस्तरीय काम नहुदाँ पूर्वाधार दिगो हुदैन् ।

जिल्ला खेलकुद विकास समितिका निर्वतमान कोषाध्यक्ष एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले महामारीको अन्त्यसँगै खेलाडी तयारीको लागि प्रशिक्षण शुरु गर्नुपर्नेमा जोड दिए । ‘हामी अन्तिम समयमा मात्रै आएर टे«निङ दिन्छौं । अनि स्वर्ण पदकको अपेक्षासहितको नतिजा खोज्छौं’ उनले भने–‘जुन सम्भव हुदैन् । त्यसैले खेलाडीको प्रशिक्षण समयमै गर्नुपर्छ ।’ क्योकुशिन कान कराँतेका पश्चिमाञ्चल प्रमुख समेत रहेको गोदारकै नेतृत्वमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जित्दै टिम च्याम्पियन बनेको थियो । file pic