बैंकमा पैसा, तर व्याज विहीन, क्रिकेट निर्माण समितिको नाममा रहेको खाता एकदशकदेखि बन्द

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १३ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-बैंकमा पैसा छ । तर व्याज आउँदैन् । खाता नै बन्द अवस्थामा छ । खाता बन्द भएको एक दशक वित्यो । माछापुच्छ«े बैंकमा ४ लाख रुपैयाँ राखिएको थियो । अहिले पनि छ । तर डम्प भएको पैसालाई परिचालन गरिएको छैन् । मुद्धती खातामा राखेको सायद व्याज नै सावाँभन्दा बढी आउँथ्यो । खाताको पैसा परिचालन गर्ने विषयमा ध्यान गएको छैन् । क्रिकेट नेतृत्वले चासो दिएको छैनन् । पैसा चल्ती खातामा छ । चल्ती खातामा भएकै कारण पैसा व्याज विहीन थन्किएको हो ।

पोखरा रंगशालाभित्र क्रिकेट मैदान निर्माणताकाको कुरा हो । नेपाल क्रिकेट संघको आर्थिक सहयोगमा पोखरामा क्रिकेट मैदान बनाउन शुरु गरिएको थियो । स्थानीयस्तरबाट समेत पैसा जुटाईयो । निर्माण समिति मार्फत काम गरियो । मैदान तयार भयो । तर निर्माण समितिको स्वामित्वमा रहेको पैसा अहिले खातामै डम्पिङ भएको छ । खाताको पैसालाई कास्की जिल्ला क्रिकेट संघ वा गण्डकी प्रदेश क्रिकेट संघको नाममा ट्रान्सफर हुन सकेको छैन् । नेतृत्वको कमजोरीले पैसा डम्प हुन पुगेको आरोप लाग्दै आएको छ ।

तत्कालिन कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष डा. विरेन्द्रसिंह गुरुङको संयोजकत्व(अध्यक्षता)मा क्रिकेट मैदान निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । तत्कालिन सचिव(हाल गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष) देवेनसन प्रजुले सचिवको जिम्मेवारी लिएका थिए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र लालचन कोषाध्यक्षको जिम्मेवारीमा थिए । समाजका केही प्रतिष्ठित व्यक्तित्वहरु पनि निर्माण समितिमा आवद्ध थिए । समितिकै सक्रियताले मैदान निर्माण भएको दुईमत छैन् ।

२०६२÷२०६३ को समयमा हो मैदान निर्माण शुरु गरिएको । त्यसभन्दा अघि मैदान आर्चरी(हालको)मा थियो । जनस्तरबाटै समिति गठन गरी निर्माण शुरु गरिएको थियो । दुई वर्ष लगाएर मैदान तयार गरिएको थियो । २०६५ मा रंगशालाभित्रको क्रिकेट मैदानमा खेल्न शुरु गरियो । निर्माणकै समयमा सन २००७ मा फोटो पत्रकार सुदर्शन रन्जितले खिचेको ढुंगे क्रिकेट मैदानको तस्बिरले एसिसी क्षेत्रीय पुरस्कार जित्न सफल भएको थियो ।

निर्माण सकिदाँ खातामा बचेको ४ लाख रुपैयाँ त्यत्तिकै छ । लामो समय बितेपनि खाताको पैसाको बारेमा पूर्व खेलाडीहरुले चासो देखाउँदै आएका छन् । उनीहरु भन्छन–‘एक दशकभन्दा अघि राखिएको पैसाको व्याज पनि छैन् । खाताको पैसा त्यत्तिकै छ । कमसे कम खाताको पैसालाई झिकेर त्रिकेट विकासमा लगाउने तर्फ ध्यान दिनुपथ्र्यो, त्यो पनि भएन् ।’ क्रिकेटका पूर्व खेलाडीहरुको गुनासो थियो । निर्माणपछि हिसाबकिताब फोरफारक भए नभएको विषयमा नेपाल क्रिकेट संघले नै अध्ययन गर्ने छ । समिति पनि सुशुप्त छ ।

समयले धेरै फड्को मारिसकेको छ । हिजो पोखराको क्रिकेट भैरहवा (तत्कालिन क्षेत्र नं ४) केन्द्रीत थियो । पोखरा र जनकपुरलाई क्रिकेटको क्षेत्र छुट्टयाइयो । पोखरा क्षेत्र नं ८ बन्न पुग्यो । अहिले संघीयतासँगै गण्डकी प्रदेश क्रिकेट संघमा रुपान्तरित भईसकेको छ । ‘लिखित रुपमा आम्दानी र खर्चको हिसाबकिताब सहित लिनु पर्ने र दिनुपर्ने विवरणसहित क्रिकेट संघलाई आएको छैन्’संघका पदाधिकारी बताउँछन–‘हस्तान्तरण भएको भए खाताको रकम संघमा आईसक्थ्यो ।’

डम्प भएको पैसालाई कास्की जिल्ला वा गण्डकी प्रदेश क्रिकेट संघमा ल्याउनुपर्ने आवाज उत्तिकै उठेको छ । आवाज उठाइएपनि कसैले अभिरुची भने देखाएका छैनन् । नत निर्माण समितिले नै ध्यान दिएको छ । नत जिल्ला तथा प्रदेश क्रिकेट संघले चासो दिएको छ । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले निर्माण समितिकै पहलमा क्रिकेट मैदान तयार भएको बताउँदै खातामा रहेको पैसालाई क्रिकेटकै विकास र विस्तारमा खर्च गर्न सम्बन्धी सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।

‘निर्माण समितिलाई विशेष धन्यवाद दिन चाहन्छौं । समितिकै अथक प्रयासले क्रिकेट मैदान तयार पारिएको हो । निर्माण सहयोग गर्नेप्रति आभार प्रकट गर्दछौं’ उनले भने–‘समितिको नाममा बैंक खातामा रहेको पैसालाई संघको क्रिकेट विकासको लागि हस्तान्तरण गर्न आग्रह गरेको छौं ।’ उनका अनुसार त्यो पैसालाई संघले फिक्स्ड डिपोजिट(मुद्धती खातामा राख्ने) गरेर त्यसबाट प्राप्त व्याजले वार्षिक एउटा क्रिकेट टुर्नामेन्ट गर्न सकिन्छ । उनले समितिको नाममा भएको पैसालाई संघमा हस्तान्तरण गरेर निर्माण समितिलाई ससम्मान अवतरण गराउनुपर्नेमा जोड दिदैं आएका छन् । ‘समितिकै कारण पोखरामा क्रिकेट मैदान बन्यो । तर अन्त्यमा विवादमा ल्याउन र बनाउनु हुदैन् ।’ उनको भनाई थियो ।

नेपाल क्रिकेट संघकै अगुवाईमा समिति गठन गरिएको थियो । कानूनत समिति विघटन भईसकेको छैन् । ‘लिगल्ली समिति विघटन(खारेज) भएको छैन्’ तत्कालिन निर्माण समितिका कोषाध्यक्ष राजेन्द्र लालचनले भने–‘हाम्रो समितिपछि अरु समिति गठन गर्दै काम गरे । बजेट पनि ल्याए भन्ने सुनियो ।’ उनका अनुसार पछिल्लो समय समितिको बैठक समेत बसेको छैन् । ‘बैठक नबस्दा पैसालाई चलाउन पाईएको छैन् ।’ उनको भनाई थियो । उनले सम्पूर्ण विवरण जिल्ला वा प्रदेश संघलाई बुझाई विधिवत रुपमा समिति खारेज गर्नुपर्ने बताए । त्यसपछि पनि समिति समेत गठन गरी काम गरिएको छ । तस्बिर प्रदीप राउतको फेशबुकबाट