ह्याण्डबल खेलाडी विशाल वैवाहिक जीवनमा बाँधिए

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २४ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- ह्याण्डबलको अन्तराष्ट्रिय खेलाडी विशाल बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले मनिषा क्षत्रीसँग लगनगाँठो कसेका हुन् । बस्नेतले एक दशक अन्तराष्ट्रिय ह्याण्डबल एरिनामा विताए । नेपाली राष्ट्रिय टोलीको कप्तान समेत रहेका उनले पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा समूह चरणबाटै बाहिरिएसँगै अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका हन् ।

पोखरा- १६ निवासी विशालले लकडाउनमै क्षत्रीलाई आफनो बाहुबलमा लक्ड गरेसँगै दाम्पत्य जीवन शुरु भएको छ । केही समय प्रेममै रहेका उनले ह्याण्डबलको अन्तराष्ट्रिय करियरलाई थाँती राख्दै जीवनको नयाँ गोरटो कोर्दै वैवाहिक जीवनमा प्रवेश गरेका हुन् । विशाल अहिले पोखरा एकेडेमीका स्पोर्टस संयोजक समेत हुन् ।