वीरमानका परिवारलाई आर्थिक सहयोग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३१ गते २०७७ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज)-उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका थिए ।

संकलित रकम हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले अहिलेको असहज परिस्थितिमा पनि वीरमानले नेपाली खेलकुदमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै सबै पदाधिकारी मिलेर सानो सहयोग गरेको बताए । उनले वीरमानको निधनबाट नेपालली खेलकुदले निकै प्रतिभावान खेलाडी गुमाएको बताए । स्वर्गीय वाइवाका दाजु किसन वाइवाले विषम परिस्थितिमा पनि महासंघले भाइको योगदानप्रति सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले वीरमानको स्मृतिमा प्रतिष्ठान गठन गरिने जानकारी पनि दिए ।