खेलकुदमा पहिलो पूर्ण कार्यकाल विताएका अध्यक्ष मे. गुरुङको निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मे.दिपकबहादुर गुरुङको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उनको निधनले खेलकुदको अभिभावक गुमाएको छ ।

मे. गुरुङ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका चौथो अध्यक्ष हुन् । उनले तत्कालिन समयमा सबैभन्दा लामो समय चार वर्ष(पूर्ण कार्यकाल) अध्यक्षको पद सम्हालेको उनी पहिलो अध्यक्ष समेत रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । गुरुङ २०५५ सालदेखि २०५९ सालसम्मको अध्यक्षको जिम्मेवारी लिएका थिए । उनकै पालामा पोखरा रंगशालाभित्र अधिग्रहण गरिएको केही जग्गाको मुअब्जा वितरण गरिएको थियो ।
उनीभन्दा अघि तीनले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अधयक्षको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशबहादुर गुरुङले २०५१–२०५२ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि हितकाजी गुरुङले २०५२–२०५३ सालसमम् अध्यक्ष बने । तेस्रो अध्यक्षको रुपमा फणिन्द्र धितालले २०५३–२०५५ सम्म जिम्मेवारी सम्हालेका हुन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष हुदाँ चार वर्षे कार्यकाल खाने उनी पहिलो अध्यक्ष समेत हुन् । त्यसपछि दिपकबहादुर कोइरालाले मात्रै चारवर्ष पुरा गरेका थिए ।

कास्कीको मादी गाँउपालिका ताङतिङ निवासी स्व. मे. गुरुङ नेपाली काँग्रेसबाट राष्ट्रिय सभाको सदस्य समेत बनिसकेका हुन् । पोखरा–१२ शितलदेवी घर भएका उनी लामो समय गेसोको अध्यक्ष समेत रहेर संघर्ष गरेका थिए । उनले झण्डै चार कार्यकाल नै गेसोको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको निधनले पश्चिमाञ्चल तथा कास्की जिल्लाले खेलकुदको अभिभावक गुमाएको जिल्ला खेलकुदका विका समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।