वर्षाले भासिएको गौरीशंकर खेलमैदान मर्मत, नाली बनाउन बाँकी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित


  • खेलाडी न्युज(पोखरा)पोखरा- २५ हेमजामा निर्माण गरिएको फुटबल मैदान भासिएको छ । पोखरामा लगातार परेको पानीले प्यारापिट अगाडिको भाग भासिएको हो । भासिएको जमिन पुरिसकिएको छ । आवश्यक मैदान संरक्षणको लागि जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति मार्फत केन्द्रमा फाईल पठाइएको स्थानीय गौरीशंकर खेलमैदान निर्माण समितिका अध्यक्ष कृष्ण कुँवरले जानकारी दिए ।वर्षाले भासिएको फुटबल मैदान 

उनका अब जमिन खेल्न योग्य बनाईसकिएको छ । नाली बनाउने काम मात्रै बाँकी रहेको छ ।एक वर्षअघि मैदानको स्तरोन्नतिको काम शुरु गरिएको थियो । चारैतिर नाली निर्माण गरिएको थियो । यद्यपी भारी वर्षाकै कारण जमिन भाँसिएको थियो ।

तस्बिर कृष्ण कुँवरको फेसबुकबाट