खेलाडी, अफिसियल तथा कर्मचारीलाई आर्थिक सहयोग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-पोखरामा रहेको खेलाडी, अफिसियल तथा कर्मचारीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आर्थिक सहयोगमा कास्की जिल्ला फुटबल संघसँग आवद्ध
खेलाडी,अफिसियल तथा कर्मचारीलाई आर्थिक सहयोग गरेको छ ।

विश्व कोरोना भाइरसको महामारीमा परिरहेको समयमा खेलाडी कर्मचारी तथा पदाधीकारीलाई हौसल प्रदान गर्ने उद्देश्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक सहयोगमा फुटबलसंग आवद्ध रहेको ५० जनालाई आर्थिक सहयोग प्रदान गरिएको हो । एन्फाको कार्ययोजना अनुसार देशभर रहेका फुटबल संघ मार्फत फुटबलमा आवद्ध खेल पदाधिकारीलाई सहयोग गर्दै आएको छ ।

कोरोनाको विषम परिस्थितिमा समेत एन्फाले आफ्ना खेलाडीलाई सम्झनुनै सह्रानीय कार्यरहेको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । ‘संक्रमण फैलिएको अवस्थामा सबै क्षेत्र प्रभावित भएको विशेष गरी खेल क्षेत्रभने बढी नै प्रभावित भएको छ । यतिबेला खेलकुदको गतिविधि ठप्प भएका छन् । खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् ’ गिरीले भने । खेलाडी मानसिक रुपमा तनावको अवस्थामा रहँदा एन्फाले सम्मान योग्य काम गर्यो ।’

एन्फाले उपलब्ध गराएको आर्थिक सहयोगको व्यवस्थापन भने स्थानीय कास्की जिल्ला फुटबल संघले गरेको थियो । खेलाडीलाई नगद प्रदान पश्चात बोल्दै गिरीले खेलाडीको समस्या, सफलता र पिडाको कथा कलम मार्फत उजागर गर्ने मञ्चले खेलाडी हकहितको लागि काम गर्दै आएको औल्याए । कोरोनाको कारणले वर्षेनी प्रदान गर्दै आएको पोखरा स्पोर्टस अवार्ड समेत प्रभावित भएको बताए । ‘खेलाडीलाई प्रोत्साहन स्वरुप हामीले गर्दै आएको पोखरा स्पोर्टस अवार्ड कोरोनाको कारण प्रभावित बनेको छ । कोरोना संक्रमण सकिए हामीले अवार्ड वितरणलाई निरन्तरता दिने छौ’ उनले भने । एन्फाको आर्थिक सहयोगमा हातेमालो भने लायन्स क्लब अफ सेन्टेनियलले गरेको थियो ।

लायन्स क्लब अफ सेन्टेनियलका अध्यक्ष प्रगत कायस्थले संघले गर्ने हरेक सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एन्फाको आर्थिक सहयोग र लायन्स क्लब अफ पोखराको आर्थिक सहयोगमा एक व्यक्तिलाई दुई हजार ५ सयका दरले सहयोग गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मण योगी, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष जगत थापा लगायतले खेलाडीलाई हौसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।