च्याम्पियन्स लिग, लियोनसँग सिटी स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


एजेन्सी-च्याम्पियन्स लिग अन्तर्गत गएराती इग्लिंस क्लब म्यानचेष्टर सिटी फ्रान्सेली क्लब लियोनसँग पराजित हुदैं उपाधि होडबाट बाहिरिएको छ । नकाउट चरणमा सिंगल लेगमा मात्रै प्रतिस्पर्धा गर्ने निर्णयसँगै लियोनले सिटीलाई ३-१ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्दा सिटी भने बाहिरिएको छ । अघिल्लो दिन जर्मनी क्लब बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८-२ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । ४४ वर्षपछि बार्सिलोना यति फरक गोलअन्तरले पराजित भएको थियो ।

शनिबार राती भएको प्रतिस्पर्धामा लियोनका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेको दुई गोल महत्वपूर्ण रह्यो । म्याक्स्वेल कर्नेटले एक गोल गरे । सिटीका लागि केभिन डे ब्रुएनले दोस्रो हाफमा बराबरी गोल गरेपनि त्यसपछि गोलरक्षक एडरसनले खराब प्रदर्शनकै कारण सेमिफाईनल सुरक्षित गराउनबाट टाढियो ।

खेलको २६ औं मिनेटमा लियोनले अग्रता लिएको थियो । म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक एडरसन पोजिसनमा नभएको मौकामा गरेको प्रहार गोल भएको थियो । एरिक गार्सियाले तोको एकाम्बीबाट बल खोसेपछि आएको बललाई कर्नेटले पहिलो टचमा नै गोल गरेका थिए ‌।