मेस्सीले बार्सा छोड्ने चाहे सिटीको भित्र्याउने चाहना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


एजेन्सी-च्याम्पियन्स लिगमा वार्यन म्युनिखसँग बार्सिलोना ८-२ को फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो । नजिताले अजेन्टिनियन खेलाडी लियोनेल मेस्सी सबैभन्दा बढी निराश देखिए । त्यसको भोलिपल्ट म्यानचेष्टर सिटीपनि लियोनसँग नतमष्तक बन्न पुग्यो । सिटीको हारसँगै नयाँ चर्चा शुरु भएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मेस्सीले स्पेन(बार्सिलोना) छोड्न चाहन्छन भने इत्तिहाडमा ल्याउन चाहन्छन् ।

मेस्सीको लागि इत्तिहाडले भुक्तानीको लागि तयारी रहेको उल्लेख गरेको छ । ट्रान्सफरको लागि उनी चाहन्छन् भने आग्रह गर्न सकिने समेत पेप ग्वार्डिओलाको भनाई थियो । प्रत्येक सिजनको अन्त्यसँगै मेस्सीको बार्सिलोना बसाई हुने र नहुने तर्कसँगै चर्चा हुदैं आएको छ । ३३ वर्षिय मेस्सीको लागि सिटीले भित्रयाउने इच्छा देखाएपनि बार्सिलोनाबाट कुनै प्रतिक्रिया भने आईसकेको छैन् ।