युईएफ युरोप लिग सेमिफाईनल ,युनाईटेड सेभिल्लासँग पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


एजेन्सी-इग्लिस क्लब म्यानचेष्टर युनाईटेड सेभिल्लासँग पराजित भएको छ । गएराती युईएफ युरोपा लिग अन्तर्गत भएको प्रतिस्पर्धामा सेभिल्लाले युनाईटेडलाई २-१ गोलले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको युनाईटेडले खेल टुंगिदा नतिजा सेभिल्लालाई सुम्पिन पुग्यो । २६ औं मिनेटमा कमब्याक गरेको सेभिल्लाले दोस्रो गोल भने दोस्रो हाफमा सम्भव बनाउँदै जितको सुखद नतिजा आत्मसात गर्यो ।

नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । तर २६ औं मिनेटमा सेभिल्लाले बराबरी गोल फर्काउँदै लय समात्यो । सुसोले सेभिल्लाको लागि बराबरी गोल फर्काए । निर्णायक गोल भने सेभिल्लाको लागि लुक डि जोंगले ७८ औं मिनेटमा गर्दै सेमिफाईनल चरण पुरा गर्यो ।