डिफेण्डिङ च्याम्पियन हर्मेनलाई पिजिए टुर उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


एजेन्सी-अमेरिकाको सेगेफिल्ड कन्ट्री क्लबमा आयोजित पिजिएको उपाधि डिफेण्डिङ च्याम्पियन जिम हर्मेनले जितेका छन् । पार ७० को कोर्षमा चार दिने वाइन्धाम च्याम्पियनसिप टुरमा अमेरिकन गल्फरले चौथो दिनको खेल टुग्याउँदै आफ्नै सहकर्मीलाई एक स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । २१ अण्डर २५९ को कार्ड बनाउँदै उपाधि जितेका उनले आफनै सहकर्मी अमेरिकन गल्फर विली हर्सचेललाई पछि पारेका हुन् ।

अन्तिम दिनको १८होलमा उनले सात अण्डर ७० खेले । पाँचौ होलमा इगल खेलेका उनले छैटौं होलमा भने बोगी खेप्दै अगाडि बढे । फ्रान्ट नाईनमा उनको स्कोर चार अण्डर ३१ को थियो । व्याक नाईनमा भने उनले प्रदर्शन उत्साहप्रद भने देखिएन् । यद्यपी तीन होल १३, १५ र १७ मा बर्डी हिर्काए । बाँकी होल भने लेभलपार खेलेका थिए । दोस्रो स्थानमा रहेका विलीले अन्तिम दिन ५ अण्डर ६५ मा खेल टुग्याउँदा समग्रमा २० अण्डर २६० को स्कोरमा रहे ।

उनले अन्तिम दिन फ्रन्ट र व्याक नाईनमा बोगी खेपेपछि एक स्ट्रोकले पछि पर्दैै उपाधिबाट विमुख बनेका थिए । पाँचौ होलमा इगल हिर्काएदाँ नवौं होलमा बोगीको सामना गरेपछि स्ट्रोक घटन पुग्यो । व्याक नाईनको पनि १६ औं बोगी खेपेपछि उनी दोस्रो स्थानमा चिक्त बुझाउन बाध्य भए । तेस्रो स्थानमा चार जनाले टाई खेले । टाई खेल्नेमा कोरियन खेलाडी सी उ किम छन् । उनले १८ अण्डर २६२ को स्थितिमा रहँदै पिजिए टुर अन्त्य गरे ।

यसैगरी फेडेक्स कपको लागि अ१२५ जना खेलाडी छनोट भएका छन् । कट जोगाउने अन्तिम ३० जनाले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धामा विजेताले १५ मिलियन डलर पुरस्कार पाउने छन् ।