युईएफए सेमिफाईनल, सख्तरमाथि इन्टरको धुलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


एजेन्सी-युईएफए  युरोपा लिग कपको फाईनल भिडन्त इन्टर मिलानले सेभिल्लासँग उपाधिको लागि प्रतिस्पर्धा धुगर्ने छ । मंगलबार विहान भएको प्रतिस्पर्धामा इन्टर मिलानले सख्तरमाथि धुलाई गर्दै ५-० को नतिजा निकाल्यो ।

पहिलो हाफको १९ औं मिनेटबाट गोल वर्साउन थालेको मिलानले अन्तिम ८३ औं मिनेटमा पुगेर अन्तिम गोल गर्दै शान्त रह्यो । एकपछि अर्को गोलको सामना गरेको सख्तरको बल पोजिसन भने इन्टरको बढी थियो । तर गोल नदेखिएपछि हारको नतिजा स्वीकार्नु पर्यो । निकोलो बरेलाले कर्नर साईडबाट दिएको पासलाई लाउटुरो मार्टिनेजले पहिलो गोल गर्दै इन्टरलाई अग्रता दिलाए ।

दोस्रो गोल भने दोस्रो हाफमा सम्भव हुन पुग्यो । मार्सेलो ब्रोजोभिचले मिलाईदिएको पासलाई ६४ औं मिनेटमा डानिलो डी अम्ब्रोसियोले हेड गर्दै बललाई पोष्टको दिशा दिएका थिए । मार्टिनेजले व्यक्तिगत दोस्रो गोल भने ७४ औं मिनेटमा गर्दै ह्याट्रिक गर्ने संघारमा उभिए । रोमेलु लुकाकुको पासमा मार्टिनेजले सहज गोल गरेपछि इन्टरको जित अन्तर फराकिलो बन्दै गयो । मार्टिनेजकै पासमा भने लुकाकुले ७८ औं मिनेटमा गाले गर्न सफल भए । स्टेफेन डी भेरिजको पासमा लुकाकुले नै ८३ औं मिनेटमा अन्तिम गोल गरे । मिलानले एकपछि अर्को आक्रमण बुन्दा सख्तर भने निकै दबाव र तनावमा देखियो । अब उपाधिको लागि सेभिल्लासँग खेल्ने छ । सेभिल्लाले दुई दिन अघि मात्रै म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।