टाईगर उड्स छोराको क्याड्डी म्यान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


एजेन्सी-गल्फका पायोनियर खेलाडी टाईगर उड्स आफनो छोराको लागि समेत प्रेरणादायी बनेका छन् । गतहप्ता पिजिए टुरमा रहेको उड्स आफनो छोराको लागि क्याड्डी बनेका छन् । छोरा चार्ली उड्स अमेरिकामा आयोजित किड्स गल्फ च्याम्पियनसिपमा सहभागि हुदाँ टाईगरले छोरालाई सहयोग गर्न आफैं क्याड्डी बनेको हुन् ।

११ वर्षिय चार्ली स्थानीयस्तरमा आयोजित किड्स च्याम्पियन बन्दा टाईगरकै पथ पछ्याइरहेको आभाष सर्वसाधारणले गरेका थिए । ९ होलको प्रतिस्पर्धामा चार्लीले ३ अण्डर ३३को स्कोर खेल्दै जित निकाले । उनले ५ स्ट्रोकले जितेका थिए । छोराले उपाधि जित्दा टाईगरले भने पिजिए च्याम्पियनसिपको ३७ औं स्थानमा टाईमा रहेर टुग्याएका थिए ।