च्याम्पियन्स लिग सेमिफाईनल, पिएसजीको रवाफिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


एजेन्सी-च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली क्लब सेन्ट पेरिस जर्मेनले जर्मनी क्लब लेईपेजिगलाई पराजित गर्दै फाईनल सुरक्षित बनाउदाँ बुन्डेसा लिगा च्याम्पियन बार्यन म्युनिख र लीयोन बीचको विजेतासँग उपाधि प्रतिस्पर्धाको प्रतिक्षामा छ । पिएसजीले लेईपेजिगमाथि ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीले १३ औं मिनेटमा गोल गर्दै जर्मन क्लब लेईपेजिगमाथि दबाव सृजना गर्यो । मार्किन्होसले पहिलो गोलको खाता खोल्दै उत्साह जगाउँदा बाँकी एक गोल भने दोस्रो हाफमा मात्रै सम्भव हुन पुग्यो । एन्जल डि मारियाले निकै शान्त अवस्थाबाट दिएको छोटो पासलाई मार्किन्होसले निकै क्लोज रेन्जबाट गोल गर्दै स्पष्ट अग्रता दिलाए ।

सर्वाधिक महंगा फुटबल बनेका ब्राजिलियन खेलाडी नेयमारको पासमा मारियाले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा गोल थप्दै जित सुनिश्चित बनाउने तर्फ देखिए । नेयमारको पासमा ४२ औं मिनेटमा मारियाले लेफ्ट फुटेट सट हिर्काउँदै बललाई जालीको सम्पर्कमा पुर्याएपछि पिएसजीले फाईनल खेल्ने सम्भावना बलियो बनाएको थियो ।

अन्तिम गोल भने ५६ औं मिनेटमा गरेको थियो । ५६ औं मिनेटमा मारियाको पासलाई सदुपयोग गर्दै हुवान बर्नेटले गोल गरे । दुवैले विपक्षीको पोष्टमा १४/१४ सट हिर्काए तर पिएसजीको मात्रै तीन प्रहार सदुपयोग हुन पुग्यो ।