वार्यन म्युनिख च्याम्पियन्स लिगको फाईलनमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ४ गते २०७७ मा प्रकाशित


एन्जेसी-जर्मनी क्लब वार्यन म्युनिखले च्याम्पियन्स लिगको उपाधिको लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्ने छ । वार्यन म्युनिखले फ्रान्सेली क्लब लियोनलाई ३-० ले पराजित गरेसँगै फाईनल समीकरण पुरा भएको हो ।

जोसुवा किमिचले मिलाईदिएको पासलाई सर्जे नाब्रीले १८ औं मिनेटमा गोल गर्दै वार्यनको खाता खोले । पहिलो गोलसँगै उत्साहित म्युनिखले दोस्रो गोल ३४ औं मिनेटमा सम्भव बनायो । निकै छोटो दुरीबाट हानेको बललाई नाब्रीले नै गोल गरेपछि वार्यनले सहज नजिता आत्मसात गर्ने खेलले प्रष्टयायो ।

बार्सिलोनालाई अन्तिम आठमा पराजित गर्दै माथि उक्लिएको वार्यन म्युनिक उच्च मनोबलसहित निकै फर्ममा देखिएको छ । अन्तिम गोल स्टार खेलाडी रोबर्ट लेवान्डस्कीले गोल गर्दै जित सुनिश्चित बनाए । उनले ८८ औं मिनेटमा गोल गरेका थिए । लेवान्डस्कीले जोसुवा किमिचले पास मिलाईदिएका थिए ।