प्रिमियर लिगको फिक्स्चर, लिभरपुलले लिड्ससँगै खेल्दै सिजन २०२०/२१ थाल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ५ गते २०७७ मा प्रकाशित


एजेन्सी(लण्डन)-३० वर्षको अन्तरालमा प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुलले नयाँ सिजनको शुरुवात लिड्स युनाईटेडसँग खेल्दै थाल्ने छ । प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरिएसँगै लिभरपुलले पहिलो खेल एकमहिनापछि सेप्टेम्बर १२ मा लिड्ससँग प्रतिस्पर्धा गर्ने छ । डिफेण्डिङ च्याम्पियन लिभरपुलले घरेलु मैदानमा खेल्ने छ । लिड्स युनाईटेड प्रिमियर लिगमा यसै सिजनमा उक्लिएको हो ।

विश्वव्यापी कोरोना भाईरसकै कारण झण्डै १ सय दिन रोकिएको थियो । गएको पछिल्लो ४८ दिनमा मात्रै प्रिमियर लिगको गतसिजन पुरा भएको थियो । मोर्गेन क्लोप्सको टोलीले १६ वर्षपछि प्रिमियर लिगमा उक्लिएको क्लब लिड्ससँग एनफिल्डमा प्रतिस्पर्धा गर्ने छ । कोरोनाकै महामारीको बीचीमा सार्वजनिक गरिएको खेल तालिका अनुसार म्यानचेष्टर युनाईटेडले बनर््लीसँग खेल्ने छ । प्रिमियर लिगको उपविजेताको रुपमा रहेको म्यानचेष्टर सिटीले एष्टन भिल्लासँग प्रतिस्पर्धा गर्ने छ । त्यसैगरी प्रिमियर लिगमै बढुवा भएर आएको फुलह्यामले भने आर्सनलसँग प्रतिस्पर्धा गरेर लिगको शुरुवात थाल्ने छ । जोसे मोरिन्होको टोलीले टोटनह्यामले भने टोटनह्यामकै घरेलु मैदानमा एर्भटनलाई स्वागत गर्ने छ ।

केही खेलको मिति सार्वजनिक गरिएको छैन् । प्रिमियर लिगको शुरुवाती हप्ता म्यानचेष्टर युनाईटेड र म्यानचेष्टर सिटी मिस गर्ने छन् । ग्रीष्मकालिन विदाको समयावधि लम्बिएको अवस्थामा अर्को सूचना नहुेन्जल खेलको मिति सार्वजनिक गरिएको छैन् । म्यानचेष्टर युनाईटेडको लागि शुरुवात निकै कठिन हुने छ । पहिलो सात खेल युनाईटेडले घरेलु मैदान टोटनह्याम, चेल्सी र आर्सनलसँग प्रतिस्पर्धा गर्ने छ ।

लिभरपुलले महत्वपूर्ण प्रतिस्पर्धा चेल्सीसँग हुने अपेक्षा छ । आर्सनलको घरेलु मैदानमा खेल्नु अघि चेल्सीसँग खेल्ने छ । मेर्सीसाईड पहिलो डर्बी खेल भने अक्टोबर १७ हुने छ । पेप ग्वार्डिओलाको टोली सिटीले दोस्रो खेलको लागि वल्भस भ्रमण गर्ने छ । जहँ लिसेष्टरसिटी, आर्सनल तथा लिड्सिँग प्रतिस्पर्धा गर्ने छ । सिटीले सिजनको अन्त्य व्रिङटन र न्युक्सालसँग खेलेर टुग्याउने छ । चेल्सीले भने क्रिष्टियल प्यालेससँग खेलेर अन्तिम खेल घरेलु मैदानमा साउथह्यामसँग खेल्दै सिजन टुग्याउने ईसपिएनले जनाएको छ ।

यसैबीच, प्रीमियर लिग क्लबहरूले अर्को सत्रमा खेलमा पाँच विकल्पको प्रयोगलाई अनुमतिको विरुद्ध मतदान गरेका थिए । पछिल्ला सिजनमा खेलाडीहरु बढी थकान र चोटपटकले सताउन थालेपछि पाँचजना खेलाडी परिवर्तन गर्ने नियम ल्याइएको थियो । तर क्लबहरूले प्रत्येक खेलमा तीन जना खेलाडी परिवर्तन गर्नतर्फ सहमत छन् ।