सेभिल्ला युइएफए युरोपा लिग च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


एजेन्सी-युइएफए युरोपा लिगको उपाधि सेभिल्लाले जितेको छ । शनिबार विहान भएको प्रतिस्पर्धामा इन्टर मिलानलाई ३(२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको पाँचौ मिनेटमा पेनाल्टी पाएको इन्टरले रोमेलु लुकाकुको गोलसँगै अग्रता लिएको थियो । तर त्यो अग्रता भने धेरै बेर टिक्न सकेन् । १२ औं मिनेटमा सेभिल्लाले बराबरी गोल फर्कायो । लुक डि जोंगले गोल गर्दै बराबरीमा ल्याएपछि सेभिल्ला लयमा फर्किएको थियो । ३३ औं मिनेटमा जोंगकै गोलमा सेभिल्लाले स्पष्ट अग्रता लियो । तर अग्रता केवल दुई मिनेट मात्रै रह्यो । डियागो गोडिनले ३५ औं मिनेटमा गोल गरेपछि इन्टरले फेरी बराबरमा ल्याईपुर्यायो ।

पहिलो हाफ दुई दुई गोलको बराबरीमा टुंगिएको थियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा इन्टरका लागि अभिषाप बन्न पुग्यो । ७४ औं मिनेटमा लुकाकुले आफनै पोष्टमा गोल गरेपछि सेभिल्लाले सिजनको उपाधि जित्ने महत्वपूर्ण आधार तयार भयो । डियागो कार्लोसको प्रहारलाई रोक्ने प्रयास गर्ने क्रममा लुकाकुको आत्मघाती गोल हुन पुगेको थियो ।