च्याम्पियन्स लिग जितेर देशको लागि इतिहास बनाउने एमबाप्पेको चाहना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


रोयटर्स-आज राती च्याम्पियन्स लिगको फाईनल हुदैं छ । जर्मन क्लब वार्यन म्युनिखले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग खेल्ने छ । च्याम्पियन्स लिगको फाईनलकै दौरानमा फ्रान्सेली स्ट्राईकर समेत रहेका पिएसजीका युवा खेलाडी किलियन एम्बाप्पले च्यामिपयन्स लिग जितेर देशको लागि नयाँ इतिहास बनाउने चाहना व्यक्त गरेका छन् । आईतबार राती वार्यन म्युनिखसितको फाईनल प्रतिस्पर्धामा उनले २७ वर्षपछि फ्रान्सलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने उत्कट अभिलाषा उनको छ ।

पिएसजीले पोर्चुगलको लिस्बोनमा भएको प्रतिस्पर्धामा एटलान्टा र आरबी लेईपेजिगलाई अन्तिम आठमा पराजित गर्दै फाईनलसम्मको यात्रा तय गरेको हो । एमवाप्पेले फ्रान्सेली फुटबलको लागि निकै महत्वपूर्ण रहेको र वार्यन म्युनिख विरुद्धको खेलमा आनन्दित अनुभव गरेका छन् । हो यो एकदमै म किन यहाँ आए भन्ने उनले ईएसपिएन रिपोर्टससँगै कुराकानीमा भने मैले सधै भन्ने गरेको छु । म देशको लागि इतिहास बनाउन चाहन्छु । यो अवसर हो । जब म २०१७ मा यहाँ आए । यहाँ हामीले फरक अनुभव गर्यौं । आज हामी यो फाईनलमा छौं र देखाउन चाहन्छौं कि केही दिन चाहन्नौ ।

उनले अगाडि थपे यो निकै ठूलो पुरस्कार हुने छ फ्रेन्च क्लबको लागि । यो मेरो मिसन हो जतिबेला म यहाँ आए । जित महत्वपूर्ण छ । यो उपलब्धी फ्रेन्च क्लबको लागि हुने छ । पछिल्लो समय फ्रेन्च टिमले युरोपियन प्रिमियर क्लब प्रतिस्पर्धा सन १९९३ मा जितेको थियो । एमवाप्पले दुई वर्ष अघि फिफा विश्वकप उचाल्दा फ्रेन्च टिमका महत्वपूर्ण सदस्य थिए । उनले फाईनल खेल हुने ठाँउको मौसमले पनि असर गर्ने उल्लेख गरे । मलाई निकै अनौठो लागि रहेको छ कि बन्द कोठा भित्र च्याम्पियन्स लिग खेल्नुपर्दा ।