वार्यन म्युनिखलाई च्याम्पियन्स लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


एजेन्सी-जमर्न क्लब वार्यन म्युनिखले च्याम्पियन्स लिग जितेको छ । सोमबार विहान भएको प्रतिस्पर्धामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि आफनो नाममा लेखाएको हो ।

पहिलो हाफ बराबरीमा टुंगिएको खेल दोस्रो हाफमा भने जर्मन क्लबले उपाधि उचाल्ने अभियानमा जुट्यो । ५९ औं गोल गर्दै उपाधि पक्का बनाउँदा पिएसजी उपाधि उचाल्ने सपना चकनाचुर बन्न पुग्यो । किंग्स्ले कोम्यानले हानेको हेडर गोलमा परिणत भएपछि वार्यन म्युनिखले खुशीयाली मनाउन पर्याप्त बन्यो । जोसुवा किमिचले दायाँ कर्नरबाट दिएको पासलाई कोम्यानले सदुपयोग गरेपछि उपाधि वार्यनको नाममा पक्का हुन पुग्यो ।

६२ औं मिनेटमा पनि वार्यनले अर्को महत्वपूर्ण अवसर गुमायो । थोमस मुलरले दिएको पासलाई कोम्यानले नै हानेको बल खेर गएको थियो । ७४ औंं मिनेटमा हुवान बर्नेटले दिएको पासलाई नेयमारको प्रहार खेर गएपछि पिएसजीले बराबरी गर्ने अवसर चुकायो । ८४ औं मिनेटमा वार्यनले पाएको फ्रिकिकलाई फिलिप कान्टिन्होले सदुपयोग गर्न सकेनन् । ८९औं मिनेटमा मार्को भेराट्टीले दिएको पासलाई एरिक माक्सिमले हानेको बल ब्लक हुन पुग्यो । अन्तिम समयमा केलियन एमबाप्पले मिलाईदिएको पासलाई पनि नेयमारले सदुपयोग गर्न नसक्दा पिएसजी बराबरी गर्न चुक्दा उपाधि वार्यनलाई सुम्पिन पुग्यो ।