पूर्वाधार निर्माण कतै बजेटले रोकियो, कतै सामानले रोकियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-कोरोना कहरले सबै क्षेत्र लपेटिएको छ । खेलकुद क्षेत्र पनि अछुतो छैन् । खेलकुद गतिविधि होस या पूर्वाधार निर्माण, कोरोनाले गम्भीर असर पु¥याएको छ । कोरोनाकै कहरले गण्डकी प्रदेशका खेलकुदका पूवार्धारको काम ठप्प जस्तै भएका छन् । केही बजेट अभावले रोकिएका छन् । कतै सामान नआउँदा रोकिन पुगेको छ ।

देशकै ठूलो र गौरवशाली फुटबल मैदान पोखरा रंगशालाको फुटबल मैदानको काम रोकिएको छ । कोरोनाले त्रसित बनाएको छ । भारतबाट आउनुपर्ने सामान नआउँदा काम लठापत्रै छ । पोखरा रंगशाला फुटबल मैदानको प्यारापिट बनाउने काम रोकिन पुगेको छ । चैत ११ गतेदेखि देशभर लगाइएको लकडाउनपछि सबै ठप्पै हुन पुगेको छ । १ अर्ब २८ करोडको फुटबल मैदानको अहिले भिआईपी प्यारापिट माथि छानो हाल्ने काम बाँकी छ । तर सामान भारतमै अडकिएको छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)लाई लक्षित गर्दै फुटबल मैदानसहित प्यारापिट निर्माण शुरु गरिएको थियो । प्यारापिट पूर्ण रुपमा तयारी नभएपनि साग महिला फुटबल प्रतियोगिता भने गत मंसिर १५ देखि २४ गतेसम्म निर्माणाधिन पोखरा रंगशालामै आयोजना गरिएको थियो ।

स्वीमिङ पुल र सुटिङ रेन्ज निर्माण कार्य नै थालिएको छैन् । टेण्डर आह्वानको स्वीकृति नै नहुदाँ काम अगाडि बढेको छैन् । दुवैलाई यो आर्थिक वर्षमा पनि ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘स्वीमिङ र सुटिङको लागि बजेट रातो किताबमा परेको छ । तर टेण्डर आह्वान भएको छैन् । कोरोनाकै कारण रोकिएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका इन्जिनियर प्रनिस ताम्राकारले भने–‘कोरोनाको असरले सबै क्षेत्रलाई सताएको छ ।’ स्वीमिङ र सुटिङ रेन्ज विशेष गरी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गर्ने तयारी हो ।

  •    खेलकुदमा कोरोना कहर
  • कोरोनाकै कारण बजेट नहुदाँ काम रोकिन पुगेको छ 

मुस्ताङमा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल सामान अभावले रोकिएको छ । झण्डै डेढ महिना ढुवानी समस्या हुदाँ सिमेन्टकै अभावले काम रोकिएको जिल्ला खेलकुद विकास समितिका मुस्ताङका कार्यालय प्रमुख सुमन थकालीले बताए । पर्वतमा पनि यसै गतआर्थिक वर्षदेखि कभर्ड हल निर्माण कार्य शुरु गरिएको थियो । गतवर्ष ४० लाख रुपैयाँले काम थालिएको थियो । तर यो आर्थिक वर्षमा केवल १० लाख रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको बजेट निकासा भईसकेको छैन् । कोरोनाकै कारण बजेट नहुदाँ काम रोकिन पुगेको छ । पोखरा¬–१९ घार्मीस्थित ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्ड हलपनि काम अहिले रोकिएको छ । बजेटको निकासा भएको छैन् । कभर्ड हललाई ५० लाख रुपैयाँ छ । घार्मीमा निर्माणाधिन कभर्ड हल युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको थातथलो हो ।

हिमाल पारीको जिल्ला मनाङमा पनि कभर्ड हल निर्माणाधिन अवस्थामा छ । गत आर्थिक वर्षमा ५० लाख थियो । तर यो वर्ष बजेट नहुदाँ वा झिनो बजेट हुदाँ निर्माण प्रभावित हुने छ । पोखरा–१६ लामाचौर खेल मैदानको पनि भिआईपी प्यारापिटसहितको चेन्जिङ रुम सहितको काम बाँकी छ । गत आर्थिक वर्षमा १ करोड रुपैयाँ थियो । यो आर्थिक वर्षको लागि केवल १० लाख रुपैयाँ छ । ‘गत आर्थिक वर्षको बजेट अनुसारको काम ग¥यौं ।’ लामाचौर खेल मैदान निर्माण समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीले भने–‘यो वर्ष पनि बजेट थोरै छुट्टिएको जानकारी छ । निकासा भईसकेको छैन् । काम रोकिएको अवस्था छ ।’