पोग्बा कोभिड १९ पोजेटिभ, फ्रान्सेली टोलीबाट बाहिर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ११ गते २०७७ मा प्रकाशित


एजेन्सी-नेसन्स कपको तयारीमा रहेको म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बा फ्रान्सेली टोलीबाट बाहिरिएका छन् । उनलाई कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएपछि उनी टोलीबाट बाहिरिएका हुन् । उनको ठाँउमा इडुराडो कमाभिन्जालाई टोलीमा समावेश फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले उल्लेख गरेका छन् । फ्रान्सेली टोलीले एकसातापछि सेप्टेम्बर ५ मा स्वीडेन र ८ मा क्रोयसियासित प्रतिस्पर्धा गर्ने छ । फ्रान्सेलीले दुई वर्ष अघि क्रोयसियालाई पराजित गर्दै फिफा विश्वकप उचालेको थियो ।

अन्तिम समयमा आएर उनलाई परिवर्तन गर्नुपर्यो । उनी पनि अन्तिम समयसम्म लिष्टमा थिए । प्रशिक्षक डेसच्याम्पले इएसपिएन रिपोर्टससँग विहीबार भने । तर उनको लागि दुर्भाग्य हुन पुग्यो । परीक्षण गर्दा हिजोमात्रै कोभिड १९ पोजेटिभ देखियो । कोभिड १९ पोजेटिभ देखिएपछि पोग्बाको ठाँउमा कामभिन्जालाई टोलीमा समावेश गरिएको हो ।

कोभिड पोजेटिभ देखिएपछि पोग्बा १४ दिन क्वान्टिनमा बस्ने छन् । उनी प्रिसिजनको प्रशिक्षणमा समेत सहभागिता जनाउन पाउने छैनन् । दुबईमा विदा मनाई फर्केपछि क्वारेन्टिन बस्ने छन् ।