एजेन्सी -गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनलले एफए कम्युनिटी कपको उपाधि रक्षा गरेको छ । निर्धारित समयमा एक एक गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा लिभरपुल अभागी हुन पुग्यो । ५-४ गोल अन्तरले पराजित गर्दै आर्सनलले जित निकाल्दै कम्युनिटी कप रक्षा गरेको हो ।
पहिलो हाफमा पछि परेको लिभरपुल दोस्रो हाफमा खेलमा फर्किदै बराबरी गोल गरेपछि निर्णय पेनाल्टीसम्म पुगेको थियो । खेलको १२ औं मिनेटमा आर्सनलका लागि पिईरे एमरिक अबुमायंगले गोल गर्दै आग्रता दिलाए । पहिलो हाफ लिभरपुल एक गोलले पछि पर्यो । तर दोस्रो हाफमाा खेलमा फर्कियो । ७३ औं मिनेटमा ताकुमी मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काए । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल पेनाल्टी सुटआउटमा लिभरपुल स्तब्ध बन्न पुग्यो ।
पेनाल्टी सुटआउटमा हियान बे्रष्टर गोल गर्न चुकेपछि लिभरपुलमाथि निराशाको कालो बादल मडारिन पुग्यो । पेनाल्टीमा आर्सनलका लागि रेसी नेल्सन, आईस्ले मेथल्याण्ड, सेड्रिक सोयरेस, डेविज लुईज र पिईरेले गोल गरेका थिए । लिभरपुलका लागि मोहम्मद सलाह, फाविनो, ताकुमी मिनामिनो र क्रुटिस जोनेसले गोल गरेका थिए ।