युएस ओपनमा मुर्रेको उत्कृष्ट कमब्याक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित


एजेन्सी-दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै बेलायती टेनिस खेलाडी एण्डी मुर्रेले सनसनीपूर्ण जित निकालेका छन् । युएस ओपनमा भिडिरहेका मुर्रेले निकै शान्त रहेको अर्थर एस स्टेडियमको कोर्टमा जापानीज खेलाडी यासिहितो निसिओकालाई पछिल्लो तीन सेट आफनो बनाउँदै संघर्षपूर्ण जित निकाले ।

पहिलो सेटमा मुर्रे ४-६ ले गुमाए । दोस्रो सेटपनि उस्तै ४-६ कै सेटमा पछि परे । तेस्रो सेटमा भने कमब्याक गर्न निकै संघर्ष गरे । मुर्रेले तेस्रो सेट भने टाइब्रेकरमा लिदैं खेलमा फर्किए । ७-६ (५)ले आफनो पक्षमा पारेपछि उत्साहित बनेका मुर्रेले चौथो सेट पनि टाइब्रेकरमै ७-६ (४)ले लिन सफल भए ।

अन्तिम सेट भने ६-४ ले लिदैं जितको लामो सास ताने । यो उपलब्धी एक विशेष थियो मुर्रेले भने मैले राम्रो खेलेको छैन् । त्यहाँ कोही पनि थिएन् । यति लामो पाँच सेट थियो । मेरो जीवनकै लामो खेल थियो । जितको नतिजा प्राप्त गर्न लामो प्रयास थियो ।