नेसन्स कप, स्पेन र जर्मनीले बराबरी खेले

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित


एजेन्सी-समय सकिन केही सकेण्ड मात्रै बाँकी रहेको अवस्थामा गोल गर्दै स्पेन नेसन्स कपको उदघाटनमा हारबाट जोगिएको छ । पहिलो खेल जर्मनीसँग प्रतिस्पर्धामा उत्रिएको स्पेनले अन्तिम सेकेण्डमा पुनरागमन गोल गर्दै इज्जत जोगाउने उद्दत रह्यो । जर्मनी र स्पेन दुवैले गोल भने दोस्रो हाफमा सम्भव गरेका थिए ।

खेलको ५१ औं मिनेटमा टिमो वार्नरले गोल गर्दै जर्मनीलाई जित तर्फ उन्मुख गराए । तर खेलमा थपिएको ६ मिनेटमा पाँच मिनेट वितेपछि स्पेनले बराबरी गोल फर्काउँदै सम्भावित हारबाट जोगिदैं दोस्रो चरणमा उक्लिने सम्भावनालाई बलियो बनाई राख्यो । स्पेनका लागि जोसे गायाले ९० प्लस ५ मिनेटमा गोल हिर्काउँदै कमब्याक हुन पुग्यो ।

यसैगरी बेल्सले फिनल्याण्डलाई १-० गोलले पराजित गरेको छ । वेल्सका लागि किफर मोरेले ८० औं मिनेटमा निर्णायक गोल गर्दै तीन अंक दिलाए । रसियाले सर्बियालाई ३-१ गोलले पराजित गर्दा बुल्गेरिया र आयरल्याण्ड भने १-१ गोलको बराबरीमा टुग्याए ।