७ सय मिलियन युरो मेस्सीको रिलिज क्लज अस्वीकार्य- जोर्ग मेस्सी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित


एजेन्सी-वार्यन म्युनिखसँग ८-२ गोलको फराकिलो अन्तरले पराजित भएसँगै बार्सिलोनाका स्टार लियोनेल मेस्सीको बहिर्गमनको विषयले विश्व फुटबल जगत गर्माएको छ । मेस्सीको बार्सिलोना बर्हिगमन सहज हुने अपेक्षा गरिएपनि निकास अझै निस्किएको छैन् ।

सिजनको पूर्व सन्ध्यामा क्लबले आह्वान गरेको फिजिकल फिटनेस टेष्ट तथा कोरोना परीक्षणमा मेस्सीको सहभागिता नभएपछि मेस्सीको रुचाई बार्सिलोना बसाई कम हुदैं गएको प्रष्ट भईसकेको छ । क्लबले प्रशिक्षण समेत थालिसकेपनि मेस्सीको अवस्था भने पुरानै छ ।

मेस्सीको क्लब बर्हिगमनको लागि मेस्सीका बुवाले क्लबका अध्यक्षसँग छलफल समेत गरेका छन् । क्लबले मेस्सीको बर्हिगमनको लागि ७ सय मिलियन युरोको रिलिज क्लब तोकेको छ । तर मेस्सीका बुवाले त्यो रिलिज क्लज स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

बुवा जोर्गे मेस्सी आफनै छोराका एजेन्ट समेत हुन् । उनले क्लबसँगको अनिर्णयको अवस्थालाई अन्त्य गर्न बुधबार ला लिगा अध्यक्ष जाभियर टेभससँग छलफल गरेका थिए । शुक्रबार बुवा जोर्गले विज्ञप्ति जारी गर्दै खेलाडीको सिजनको अन्त्यसँगै प्रस्तावना समाप्त हुने उल्लेख गरेका छन् । उनले थपेका छन् क्षतिपूर्ति स्वरुप तोकिएको ७ सय मिलियन युरो जुन सान्दर्भिक छैन् अथवा एवं लागु हुदैन् ।

गत आईतबार मेस्सीको दिएको विज्ञप्तिले नै बार्सिलोना मेस्सीप्रति क्रुद्ध बनेको हो । ला लिगाको विश्लेषण अनुसार खेलाडीको अनुबन्धन त्यतिबेलासम्म रहन्छ, जतिबेला सक्रिय रुपमा रहन्छ । मेस्सीले आफनो दर्ताले मात्रै बर्हिगमनको लागि प्रक्रिया अघि बढ्छ, कि त्यो रकम तिर्ने बमोजिम प्रक्रिया हुदैन् । मेस्सी र उनका सल्लाहकारसँग आगामी योजनाको बारेमा छलफल समेत गरिने छ ।file pic