सहारा खेलकुद पत्रकारिता पुरस्कार पौडेललाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २० गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(पोखरा)-सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ कान्तिपुरका टिभीका इन्द्रप्रसाद पौडेललाई
प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अनुमोदन गरेको क्लबद्वारा जारी गरेको विज्ञप्तिमा
उल्लेख गरिएको छ । सहारा क्लब पोखराले खेलकुद विटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदानको आधारमा वर्षेनी उक्त पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।

क्लबको २२ औं वार्षिकोत्सव अवसरमा यही भदौं ३० गते सो पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार राशी २० हजार ५ सय ५५ र ताम्रपत्र रहेको छ । प्रतिभा छनोटका लागि क्लब सल्लाहकार समेत रहेका अग्रज पत्रकार नारायण
कार्कीको संयोजकत्वमा समिति गठन भएको थियो । समितिको अन्य सदस्यमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, एन्फाका पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष एवं एन्फा कास्कीका पूर्व अध्यक्ष खेमबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, क्लवका पूर्व अध्यक्ष द्धय विक्रक थकाली, बीरभद्र आचार्य, क्लवका अध्यक्ष केशव बहादुर थापा र महासचिव रामजीप्रसाद अधिकारी पदेन सदस्य रहेका थिए ।

यस अघि यस पुरस्कारबाट पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठ पुरस्कृत भैसकेका छन् ।