इटाली बोसनियासँग बराबरी, पोल्याण्डमाथि नेदरल्याण्डको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २० गते २०७७ मा प्रकाशित


एजेन्सी-युइएफए नेसन्स लिगमा विश्वकप विजेतासमेत रहेको इटालीले बोसनिया हर्ज गोभिनासँग बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार विहान भएको प्रतिस्पर्धामा इटालीले बोसनियासँग १-१ गोलको बारबरी खेल्यो ।

खेलमा पछि परेको अवस्थामा पुनरागमन गर्दै इटालीले बराबरी गोल फर्काउँदै अकं बाड्यो । खेलको ५७ औं मिनेटमा इडेन जेकोको गोलमा बोसनियाले अग्रता लिएको थियो । दबावमा रहेको इटालीले १० मिनेटपछि खेलमा फर्कियो । ६७ औं मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै इटालीको इज्जत जोगाए ।

उता अर्को खेलमा नेदरल्याण्डले पोल्याण्डलाई पराजित गर्दै तीन अंक जोड्दै समूहको शीर्षस्थानमा छ ।