लाईन जजलाई बलले हिर्काएको आरोपमा जोकोभिच युएस ओपनबाट आउट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


एजेन्सी(न्युयोर्क)-युएस ओपनको चौथो चरणमा आइपुगेका विश्व बरियताका शीर्ष सर्वियाली खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस टुर्नामेन्टमा कार्वाहीमा परेका छन् । कार्वाही स्वरुप उनी टुर्नामेन्टबाट आउट भएका छन् ।

उपाधि उचाल्ने योजनामा देखिएका जोकोभिचले लाईन जज(लाईन निर्णायक) माथि बल प्रहार गरेको भन्दै कार्वाहीमा परेका हुन् । रिसले निकै क्रोधित भएका जोकोभिचले प्रहार गरेको बल लाईन जजको घाँटीमा लागेको थियो । निकै प्रतिस्पर्धात्मक रहेको पहिलो सेट गुमाउनेस्थितिमा थिए ।

पाउलो क्यारिनो बुष्टासितको प्रतिस्पर्धामा ६-५ सेटले पछि परेको अवस्थामा जोकोभिचले लाईन जजमाथि बल प्रहार गरेपछि कार्वाही स्वरुप टुर्नामेन्टबाट हटाईएको थियो । झण्डै दशमिनेटको छलफलपछि उनलाई कार्वाही गरिएको थियो ।  Pic by globalnews.ca