रोनाल्डोको नयाँ किर्तिमान, स्वीडेन विरुद्ध गोल गर्दै रचे इतिहास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ६ गते २०७७ मा प्रकाशित


एजेन्सी-उमेर ढल्किदै गएको अवस्थामा समेत उच्चस्तरीय फुटबल प्रदर्शनलाई निरन्तरता दिएका पोर्चुगल स्टार क्रिष्टियानो रोनाल्डोले विश्व फुटबल जगतमा नयाँ किर्तिमान बनाउँदा नेसन्स लिगमा स्वीडेन विरुद्ध जित आत्मसात गरेको छ ।

९९ औं अन्तराष्ट्रिय गोल गरेर शताब्दी गोलको प्रतिक्षामा रहेका रोनाल्डोले आफनो जीवनकै अभिष्ट ईच्छा पुरा गर्ने क्रममा गएराती स्वीडेन विरुद्ध दुई गोल हिर्काए । ३५ वर्षिय रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा १ सय गोल पुरा गर्ने किर्तिमान कायम गर्दै साविक विजेता पोर्चुगलले नेसन्स लिगमा आफनो उपस्थितिलाई उपाधि रक्षा गर्ने अभियानलाई थप पुष्टि गरेको छ । विश्व फुटबलको करियरमा रोनाल्डोको प्रदर्शन निकै लोभलाग्दो छ ।

१०१ गोल गरेका रोनाल्डोले देशका लागि ९ ह्याट्रिक गरेका छन् । घरेलु मैदानमा उनले ४७ गोल गरेको तथ्यांक छ । अवेमा उनले ३७ गोल गरेका छन् । न्युट्रल भेन्युमा भने १५ गोल रहेको छ । उनले दायाँ खुट्टाले ५५ गोल हिर्काउँदा २४ गोल हेड मार्फत गरेका छन् । त्यसैगरी बायाँ खु्ट्टाले २२ गोल गरेका छन् । फ्रान्सेली स्टार थिएरी हेनरीले ५१ र नेदरल्याण्डका रविन भान पर्सीले ५० गोल गरेका छन् ।

खुट्टामा मौरीले टोकेरले १०० गोलको प्रतिक्षामा रहेका रोनाल्डो क्रोयसिया विरुद्ध भने मैदानमा उत्रिएनन् । आफनो किर्तिमानी पुरा गर्न थप कुर्नुपरेको थियो । प्रतिक्षाको फल मिठो हुन्छ भने झै स्वीडेन विरुद्धको खेलमा उनले ४५ औं र ७२ औं मिनेटमा गोल गरेका थिए ।