सेरेना युएस ओपनबाट बाहिरिन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित


एजेन्सी-दोस्रो सेटमा कमब्याक गर्दै जारेन्का युएस ओपन टेनिसको फाईनल प्रवेश गरेकी छिन् । युएस ओपनको सेमिफाईनलमा अमेरिकन सेरेना विलियम्सलाई पुनरागमन जित निकाल्दै उपाधि निकट पुगेकी हुन् । पहिलो सेट सेरेनालाई १-६ को स्थितिले गुमाएकस् जारेन्काले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै उपाधिको लागि जापानीज खेलाडी नओमी ओसाकासँग खेल्ने छिन् ।

पहिलो सेट गुमाएकी जारेन्काले दोस्रो सेटमा लयमा रहँदै सेरेनाको सर्भिस प्वान्ट लिदै ६-३ ले लिईन् । तेस्रो तथा निर्णायक सेटमा पनि जारेन्काले उस्तै लयलाई दोहोर्याईन् । तेस्रो सेट पनि ६-३ मै लिदाँ सेरेना निराश हुदैं युएस ओपन टेनिसबाट बाहिरिन् । सेरेनाले २४ वटा सट फाउल हिर्काएपछि अंक गुमाउन पुगेकी थिईन् ।