पिएसजीको हारबाटै लिगवानको नयाँ सिजन शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित


एजेन्सी-स्टार खेलाडीहरु युईएफए नेसन्स लिगमा व्यस्त रहदाँ फ्रेन्चको लिग वान शुक्रबारदेखि शुरु हुदाँ पेरिस सेन्ट जर्मेनले हारबाटै सिजन २०२०-२१ को शुरुवात गरेको छ । पिएसजी लेन्ससँग १-० गोलले पराजित हुन पुग्यो ।

५७ औं मिनेटमा लेन्सका लागि इग्नाटियस गानागो गोल गर्दै जित दिलाए । अघिल्लो सिजनको उपाधि जितेको पिएसजीमा अधिकांश युवा खेलाडी सम्मिलित थिए ।