इग्ल्याण्ड र अष्ट्रेलियाको एकदिवसीय, एकदिवसीय, इग्ल्याण्ड १९ रन पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित


MANCHESTER, ENGLAND - SEPTEMBER 11: Josh Hazlewood celebrates the wicket of Moeen Ali of England with Glenn Maxwell of Australia during the 1st Royal London One Day International Series match between England and Australia at Emirates Old Trafford on September 11, 2020 in Manchester, England. (Photo by Stu Forster/Getty Images for ECB)

एजेन्सी-मिचेल मार्स र ग्लेन माक्सवेले महत्वपूर्ण इनिङ खेलेपछि अष्ट्रेलियाले इग्ल्याण्डमाथि १९ रनको रोमाञ्जक जित निकालेको छ । पहिलो एक दिवसीय खेलमा २९४ रनको लक्ष्य पछ्याएको इग्ल्याण्ड टोली २७५ रनमा समेटिएको थियो । इग्लाण्डका साम विलिंगको शतकीय पारीको योगदान पनि हारले फिक्का बनाईदियो ।

बेलायती व्याट्सम्यानलाई रन दिनबाट अदम जाम्पाले महत्वपूण भूमिका खेले । १० ओभरमा ५५ रन दिदैं चार विकेट लिएपछि इग्ल्याण्डलाई कमजोर बनाए । उनीसँगै जोस ह्याजलउडले पनि ३ विकेट लिए

मार्सले पहिलो इनिङ खेल्ने क्रममा अर्धशतकीय पुरा गर्दै रन उकासे । ७३ रन बनाई क्रिजमा रहँदा ह्याजलउडले एलबी डब्लुको शिकार बनाए । माक्सेवलले ७७ रन बनाई खेल्ने क्रममा आर्चरको बलमा आउट हुन पुगे । डेविड वार्नरलाई ६ रनमै गुमाएको अष्ट्रेलियाले दोस्रो विकेटको रुपमा आरोन फिन्चलाई १६ रनमै गुमायो । मार्कस स्टोनिसले इनिंग सम्हाल्ने क्रममा ४३ रन जोड्दै पभेलियनको बाटो समाए । अन्तत अष्ट्रेलियाले ९ विकेटको क्षतिमा २९४ रनको योगफल तयार पार्यो । आर्चर र उडले समान तीन तीन विकेट लिएका थिए ।

जितको लक्ष्य पछ्याएको इग्ल्याण्डले साम विलिंग्सले ११८ रनको शतकीय पारी खेलेपनि जितसम्म डोहोर्याउन भने सकेनन् । जोन्सन रोयलाई ३ रनमै गुमाएको इग्ल्याण्डलाई सम्हाल्ने जिम्मेवारी जोनी ब्रिष्टोका काँधमा आईपर्यो । तर जोय रुट पनि दोस्रो विकेटको रुपमा १ रनमै पभेलियन फर्किएपछि इग्ल्याण्डी टोलीलाई सकस पर्यो । मोर्गान २१ रन बनाई खेल्ने क्रममा जाम्पाको बलमा क्याच आउट हुदाँ जोस बटलर पनि १ रनमै जाम्पाकै बलमा क्याच आउट भए ।

कमजोरस्थितिमा रहेको इग्ल्याण्डलाई जोनी ब्रिष्टो र सामले सम्हाल्दै जितसम्म डोहोर्याउने अभियानमा जुटे । तर सकेनन् । मोईन अली पनि सस्तैमा आउटभएपछि इग्ल्याण्ड जितको नजिक पुगेर हार व्यर्होन पुग्यो ।