आर्सनलको जितसँगै प्रिमियर लिगको नयाँसिजन शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित


एजेन्सी-आर्सनलले फुलह्याममाथि सहज जित निकाल्दै प्रिमियर लिग सिजन २०२०-२१ को सुखद शुरुवात गरेको छ । शनिबारदेखि शुरु भएको नयाँ सिजनको उदघाटनमै आर्सनलले तीन अंक जोड्दै गतिलो शुरुवात गरेको छ ।

फुलह्याममाथि दबाव दिएको आर्सनलले ३-० को नजितासँगै गतिलो शुरुवात गरेको छ । खेलको ८ औं मिनेटमा गोल गरेको आर्सनलले अन्तिम गोल भने ५७ औं मिनेटमा सम्भव गर्दै स्पष्ट तीन अंक जाड्यो । एलेक्जेण्डर लाजाकाट्टेले ८ औं मिनेटमा पहिलो गोल गरे ।

पहिलो हाफमै एक गोल गरेको आर्सनलले दोस्रो हाफमा भने थप दुई गोल गर्यो । दोस्रो हाफ शुरु भएको चौथो मिनेट(४९) मा ग्रावियलको गोलसँगै अग्रतालाई आर्सनलले दोब्बर बनायो । अन्तिम गोल भने पिइरे एमरिक अबुमायांगको नाममा लेखियो । उनले ५७ औं मिनेटमा गोल गरेका थिए ।