ओसाकालाई युएस ओपन उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


एजेन्सी-एकसेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै जापानीज खेलाडी नाओमी ओसाकाले सिजन २०२०-२१ को युएस ओपन ग्राण्डस्लाम उपाधि जितेकी छिन् ।

शनिबार राती भएको प्रतिस्पर्धामा जारेन्कालाई पराजित गर्दै उपाधि आफनो नाममा लेखाइृन् । सेरेना विलियम्सलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेकी जारेन्कालाई दोस्रो सेटमा पुनरागमन गर्दै ग्राण्डस्लाम आफनो नाममा लेखाईन् ।

पहिलो सेट अत्यात्सित रुपमा १-६ को स्थितिमा गुमाईन् । जारेन्काले ओसाकाको सर्भिस प्वान्ट ब्रेक गर्दै पहिलो सेट लिन कठिनाई भएन । तर दोस्रो सेटमा उनको लय कायम हुन सकेन् ।

ओसाकाले आफनो खेल सुधार्दै दोस्रो सेट ६-३ ले लिईन् । अन्तिम तथा निर्णायक सेटमा पनि उस्तै लय कायम राख्दै ओसाकाले ६-३ को सेटमा लिदैं उपाधि आफनो पोल्टामा पारिन् ।