लिड्समाथि लिभरपुलको कठिन जित, सलाहको ह्याट्रिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


एजेन्सी-इंग्लिस प्रियिमर लिगको नयाँ सिजनको शुरुवातसँगै लिभरपुलले पनि गतिलो शुरुवात गरेको छ । शनिबार राती भएको प्रतिस्पर्धामा लिड्स युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।

लिभरपुलको जितमा मोहम्मद सलाहको ह्याट्रिक रह्यो । उनको सिजनकै पहिलो ह्याट्रिक हो । दुई गोल पेनाल्टी मार्फत गर्दै उनले आफनो ह्याट्रिक पुरा गरेका थिए । खेलको ४ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सलाहले गोल गरे । तर आठ मिनेटपछि (१२ औं मिनेट) लिड्सले बराबरी गोल फर्काउँदै आफनो लय देखाउने उद्दत देखियो । ज्याक ह्यारिसनको गोलमा लिड्सले बराबरी गर्यो ।

लिभरपुलले फेरी आठ मिनेटकै अन्तरमा(२० औं मिनेट)मा अर्को गोल थप्दै अग्रता कायम गर्यो । भर्जिल भान डिकको गोलबाट लिभरपुलले आफुलाई एक गोलको अग्रतामा बढायो । तर ३० औं मिनेटमा फेरी लिड्सले बराबरी गोल फर्काउँदै लिभरपुलमाथि दबाव कायम राख्यो । प्याट्रिक बामफोर्डले गोल गरेका हुन् ।

३३ औं मिनेटमा लिभरपुलले मोहम्मद सलाहै गोलबाट फेरी अग्रता बनायो । अग्रतालाई पछ्याईरहेको लिड्सले भने बराबरी गोल ६० औं माटेउईज क्लिचले गोल गरेका थिए । तर ८८ औं मिनेटमा मोहम्मद सलाहले फेरी पेनाल्टी मार्फत गोल गर्दै आफनो ह्याट्रिक पुरा गर्दा लिड्स पहिलो खेलमा लिभरपुलबाट निराश हुन पुग्यो ।